coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘कोन्टे विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्’

रोम – बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले प्रशिक्षक एन्टोनियो कोन्टेलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको संज्ञा दिँदै उनकै कारण इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा अनुबन्धित भएको प्रतिक्रिया दिएका छन्।

सुरुवा बजारको अन्तिम दिन बिहीबार लुकाकु ८.५ मिलियन युरो इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर भित्रिएका थिए। यसअघि इन्टरले लुकाकुकै लागि ५.४ मिलियन युरोको अनुबन्धन प्रयास गरे पनि युनाइटेडले अस्विकार गरेको थियो। ‘कोन्टे यस्ता प्रशिक्षक हुन्, जो खेलाडीलाई सधैं उत्कृष्ट बनाउन लागि पर्छन्,’लुकाकु भने, ‘तपाई उनको विगत हेर्न सक्नुहुन्छ।’

कोन्टेले सन् २०१७ मा चेल्सीको प्रशिक्षक हुँदा लुकाकुलाई भित्राउने प्रयास गरेका थिए। तर लुकाकुले एभर्टनबाट ओल्ड ट्राफोर्ड रोजेका थिए। इन्टर लुकाकुको आगमनपछि सिरी ‘ए’ मा युभेन्टसको एक क्षत्र राज जोड्ने लक्ष्यमा छ। लुकाकुले इन्टरमा ९ नम्बर जर्सी लगाउनेछन्। यसअघि उक्त जर्सी तत्कालीन कप्तान माउरो इकार्डीले लगाउथे। तर प्रशिक्षक र क्लबसँगको तितो सम्बन्धका कारण गत सिजन उनले कमै खेलमा मात्र अवसर पाए।

लुकाकुले युनाइटेडबाट प्रिसिजनमा कुनै पनि खेल खेलेका थिएनन्। लुकाकु सन् २०१७ मा इङ्लिस क्लब एभर्टनबाट युनाइटेडमा अनुबन्धित भएका थिए। युनाइटेडबाट ६६ खेल खेल्दा नै २८ गोल गरेका लुकाकु प्रिमियर लिगमा २४ वर्ष नपुग्दै ८० गोल पूरा गर्ने चौथो खेलाडी हुन्। यसअघि इङ्ल्यान्डका माइकल वेन, रोबी फोउलर र वायन रोनीले २४ वर्षभित्र इङ्लिस प्रिमियर लिगमा ८० गोल पूरा गरेका थिए।

युनाइटेडका लागि ९६ खेल खेलेका लुकाकुले ४२ गोल गरेका छन्। ‘इन्टर लामो इतिहास बोकेको क्लब हो। मेरो लागि इन्टर उत्तम रोजाई थियो,’लुकाकुले भने, ‘म नयाँ चुनौतीको सामना गर्न तयार छु।’ लुकाकुलाई अनुबन्धन गर्न सफल भएका कोन्टे बार्सिलोनाका इभान राकेटिच र लाजियोका सेर्जिग मिलिन्कोभिचलाई अनुबन्धन गर्ने प्रयासमा छन्।

इन्टर लुकाकुको आगमनपछि सिरी ‘ए’ मा युभेन्टसको एक क्षत्र राज जोड्ने लक्ष्यमा छ। लुकाकुलाई अनुबन्धन गर्न सफल भएका इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टे बार्सिलोनाका इभान राकेटिच र लाजियोका सेर्जिग मिलिन्कोभिचलाई अनुबन्धन गर्ने प्रयासमा छन्।

 

 

प्रकाशित: २५ श्रावण २०७६ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App