coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश नाम किरात राख्न माग

खोटाङ – किरात राई यायोक्खा केन्द्रीय समितिले प्रदेश १ को नाम किरात राख्न दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।  यायोक्खाको बिहीबार र शुक्रबार काठमाडौंमा भएको दोस्रो पूर्ण बैठकले हालसम्म प्रदेशको नामाकरण हुन नसकेको सन्दर्भमा प्रदेशको नाम किरात राख्न अभियान चलाउने निर्णय गरेको हो। 

प्रदेश नाम किरात राख्न दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरिएको यायोक्खाका केन्द्रीय सचिव अर्जुन जम्नेलीले बताए।  किरात शब्द जातीय नभएर मानव सभ्याता एवं प्राचीन इतिहास र भूगोल भएकाले प्रदेशको नाम किरात राख्नुपर्ने यायोक्खाको माग छ।

यायोक्खाले लोकसेवा आयोगले कटौती गरेको आरक्षणको आन्दोलनमा समुदायतर्फबाट सश्क्त भूमिका खेल्ने, किरात लिपि प्रयोगका लागि सरोकारवाला संस्था तथा समुदायसँग समन्वय गर्ने, साकेला थानको विवरण संकलन गरी पुस्तक प्रकाशन गर्ने, भाषिक शिक्षा लागु गराउन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।  बैठकमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले अल्पकालीन र दीर्घकालीन गरी २८ बुँदे कार्ययोजना पेस गरेका थिए।

प्रकाशित: २५ श्रावण २०७६ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App