coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चक्काजाममा उत्रेका बिप्लवका १० कार्यकर्तालाई नियन्त्रणमा लिएर छोडियो

उदयपुर– चक्काजामलगायत विरोध कार्यक्रम लिएर बजारमा निक्लेका नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा माओबादीका जिल्ला सेक्रटेरीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर ५ घण्टापछि छाडेको छ। राष्ट्रव्यापी घोषणाअनुसार बिहीबार एक घण्टे चक्काजाम गर्ने कार्यक्रमलाई सफल बनाउन बजार निस्केका सेक्रेटरी केदार राईलगायत जिल्ला कमिटी र विद्यार्थी नेताहरुलाई बिहान ९ः३० बजे नै प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा पर्नेहरुमा जिल्ला सदस्यहरु जितबहादुर पुलामी मगर, दुर्गाबहादुर तामाङ, कुमार मोते, किशोर राई रहेका छन्। त्यस्तै अर्का जिल्ला सदस्य विकास किराती, पार्टीनिकट अखिल क्रान्तिकारीका इलाका सदस्य राम मगर र जीवन मगर तथा रामेछाप अखिल संयोजक विकास थापा मगर र पार्टी जिल्ला सदस्य मोरङका सदस्य जनक श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर रानामगरले बताए।

उनीहरुलाई एकघण्टा चक्काजाम गर्ने कार्यक्रम अवधि सकिएपछि रिहा गरिएको छ। चक्काजामजस्तो बन्द कार्यक्रम गर्ने कार्यक्रम घोषणा गरेकाले शान्ति सुरक्षाका लागि नियन्त्रणमा लिएर कार्यक्रम अवधि सकिएपछि आफन्त बोलाएर जिम्मा लगाइएको डिएसपी मगरले बताए ।

प्रकाशित: २५ कार्तिक २०७३ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App