coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिशूली बस दुर्घटनाका बेपत्ता परिवारमा रुवाबासी

त्रिशूलीमा खसेकाे यात्रुबाहक बस। तस्बिरः सरिता/नागरिक

सर्लाही - मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रु बस धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सलाङघाटबाट त्रिशूली नदीमा खसेपछि ब्रम्हपुरी गाउ“पालिका–४ त्रिभुवननगरका चन्देश्वरप्रसाद रौनियार र उनकी पत्नी उषा भावविह्वल छन्।  सो बसमा रहेका चन्देश्वरका दाजु ५६ वर्षीय राजनारायण र भाउजू ४४ वर्षीया शोभा तथा छोरा २० वर्षीय सौरभ बेपत्ता भएपछि घरमा रुवाबासी चलेको छ।  सँगै यात्रारत सौरभकी बहिनी श्वेताको उद्धार भएको छ।  गम्भीर घाइते उनको काठमाडौंमा उपचार भइरहेको छ।

भएको एउटै छोरा बेपत्ता बनेपछि आमा उषा अर्धचेत अवस्थामा छिन्।  बुबा चन्देश्वर पनि बेलाबेलामा टोलाउने गरेका छन्।  दुर्घटनापछि सिंगो त्रिभुनवनगर शोकमा छ।  ‘भएको एउटै छोरा बेपत्ता छ, पढ्नमा तेज थियो, डाक्टर बनेर बिरामीको सेवा गर्छु भन्थ्यो’, शुक्रबार बिहान त्रिभुवननगरस्थित निवासमा टोलाइरहेका चन्देश्वरले भने, ‘यस वर्षबाट एमबिबिएस पढने तयारी गरिरहेको थियो तर खोलामा बेपत्ता भएको छ। ’

त्यस्तै चक्रघट्टा गाउँपालिका–८, औरही गाउँका ५५ वर्षीय परीक्षण साह पनि विक्षिप्त जस्तै बनेका छन्।  दुर्घटनामा उनका २२ वर्षीय छोरा रविकुमार बेपत्ता भएपछि शारीरिक रुपमा अशक्त साह चिन्तामा डुबेका छन्।
सदरमुकाम मलंगवास्थित टिकट बुकिङ काउन्टरको चलानी बुकको रेकर्ड अनुसार बसमा भारतीय ८ सहित सर्लाहीका विभिन्न ठाउँबाट ४२ जना चढेका थिए।  बसमा चन्द्रनिगाहपुर, हेटौंडालगायत स्थानबाट पनि यात्रु चढेको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७६ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App