धनकुुटाबाट कामका लागि राजधानी छिरेका अमर तामाङले पैसा नहुँदा कपडा किन्न सकेका थिएनन्। यस्तोमा उनले अनामनगरमा कपडा बैंक खोलिएको र त्यहाँ निःशुल्क कपडा पाइने जानकारी पाए।
गत बिहीबार कपडा बैंकमा भेटिएका उनले छानी–छानी दुई जोर लुगा लगे। ‘सहरजस्तो ठाउँ, सित्तैमा यसरी राम्रो लुगा हामीजस्ता गरिबले पाउँछौँ भन्ने कल्पना पनि गरेको थिएन,’ उनले हातमा लुगा समाउँदै भने, ‘यहाँ त बेसहारालाई सहारा दिने कपडा बैंक खोलिएको रहेछ। दिनदुःखी र गरिबको लागि यो काम सह्रानीय छ। मैलै छानी–छानी लुगा लान पाएकोमा धेरै खुसी छु। सहरमा धेरै महँगी छ। लुगा किन्न सक्दिनँ। कामको खोजीमा छु। सोचेजस्तो लुगा लान पाए।’
गरिबको लागि धेरै राम्रो काम भएकाले देशभरी नै यस्ता बैंक खोलिनुपर्ने उनी बताउँछन्। ‘सित्तैमा लुगा पाउने यस्ता ठाउँ देशभर खोेलिनुपर्छ,’ उनले भने, ‘मजस्ता हजारौँ दिनदुःखी, बेसहारा, गरिब छन्। उनीहरूले लुगा त लाउन पाउँछन्। च्यातिएको लुगा फेरेर यति राम्रो लुगा लगाउन पाउँदा जो कोही रमाउँछन्। काम खोजीमा भौतारिँदै साथीकोमा बस्दै आएको छु।’
उनीमात्र होइन, धेरैले निःशुुल्क लुगा पाउँदै आएका छन्। लुगा बैंकमा लुगा लिन आएका कुमार बुढलकोटीले नयाँ लुगा किन्न नसक्नेका लागि धेरै राम्रो काम भएको बताए। ‘गरिब, असहाय, दिनदुःखीको लागि कपडा बैंकले धेरै राम्रो काम गरेको छ। लुगा किन्न नसक्नेहरूले यहाँबाट छानी–छानी लुगा लान पाएका छौँ। यस्तो कपडा बैंक अरुले पनि खोल्नुपर्छ।’
गत ७ गते मंगलबारबाट अनामनगरको पूर्वी गेट अगाडि कपडा लेनदेन गर्ने कपडा बैंक खुलेको छ। ¥याक बनाएर लुगा जम्मा गरिएको छ। त्यहाँ जोकोहीले पुराना लुगा छोड्न सक्छन्। उक्त लुगा सहरमा बस्दै आएका बेसहारा, गरिब र दिनदुःखीले निःशुल्क लुगा लाउन पाउँछन्।
कपडा बैंकका अभियन्ता वीरबहादुर विष्टले असहाय गरिबीलाई सेवा, सुविधा दिनको लागि कपडा बैंक खोलेको बताए। ‘हाम्रो देशमा धेरै जनताहरु कपडा लाउन पाएका छैनन्,’ उनले भने, ‘जाडोको समयमा धेरैले सास्ती खेप्न बाध्य छन्। उनीहरूलाई सेवा दिन उद्देश्यले कपडा बैंक खोलिएको हो। कपडा पाएपछि खुसी भएका छन्। यसमा हन्ड्रेड्स ग्रुपले पनि सहयोग गरेको छ।’
यसलाई व्यापक ढंगले व्यवस्थापन गर्नको लागि सरकार लगायत संघसंस्थाहरुले यसमा सहयोग गर्नुपर्ने उनी बताउँछन्। ‘हामीले बाढीपीडितका लागि पनि लुगा व्यवस्थापन गर्ने सोचमा छौं। ट्रान्सपोटेसन खर्च चाहिन्छ,’ उनले भने, ‘बाढी पीडितहरूलाई यो लुगा दिन चाहान्छौँ। यसमा सरकार र सबैले सहयोग गरेमा धेरै सहजता मिल्ने थियो।’
डडेलधुरा घर भई अनामनगरमा बस्दै आएका ४९ वर्षीय विष्ट अझै सामाजिक सेवा गर्ने सोचमा छन्। उनका अनुसार उनले पहिला निःशुल्क पानीको व्यवस्था गरेको थियो। त्यसपछि सडकमा बसेकालाई सेवा दिन कपडा बैंक खोल्ने सोच आयो। दैनिक सडकमा बस्ने, गरिब २०÷२५ जनाले लुगा छानेर लग्ने गर्छन्। त्यत्तिकैको संख्यामा लुगा दान गर्नेको पनि संख्या बढ्दै गएको छ। अरु पीडितहरूलाई पनि लुगा दिनुपर्ने भएकाले त्यहाँ पुग्ने प्रत्येकलाई तीन जोरसम्म लुगा दिने गरेको छ। उनले अभियानता चलाएपछि जावलाखेल, विराटनगर ठाउँमा यस्ता लुगा पसल खोल्दै आएको बताए। ‘हामीले स्टोर बनाएर लुगा राखेका छौँ।
यो सामान बाढीपीडित, गरिब बस्ती, राउटे बस्तीमा पु¥याइने छ,’ उनले भने, ‘सक्दो सेवा दिने छौँ। यसमा सबैको साथ सहयोग चाहिन्छ।’ व्यवस्थित ढंगले सञ्चालन गर्नमा सरकारले सहयोग गरेमा देशव्यापी रुपले यसको शाखा विस्तार गर्ने उनले बताए। ‘मेरो अभियान देशभरि पु¥याउने हो,’ उनले भने, ‘सहरमा नि यस्तो कपडा बैंक धेरै खोलिनुपर्छ। कोही गरिब लुगा लाउनबाट वञ्चित नहोस् भन्ने मेरो मनसाय हो।’ उनले स्वच्छ र पवित्र भावनाले फोहोर नभएको लुगा ल्याउन आग्रह समेत गरे।
प्रकाशित: २५ श्रावण २०७६ ०१:२७ शनिबार