हत्या आरोपी पक्राउ

शुक्रबार, २४ साउन २०७६, २१ : ४३ नागरिक

काठमाडाैं- हत्या गरेको आरोपमा महानगरीय अपराध महाशाखाले आज एक व्यक्तिलाई पक्राउ गरेको छ। 

काठमाडौँ महानगरपालिका–१९ इनाटोलका नाम थर नखुलेका जङ्गे भन्ने पुरुष व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा उदयपुरको कटारी घर भई काठमाडौँको इनाटोल बस्ने २४ वर्षीय विनोद खड्का पक्राउ परेको महाशाखाले जनाएको छ। मृतक र खड्का सँगसँगै बस्दै आएको प्रहरीले जनाएको छ। 

अनुसन्धानका क्रममा उनीहरु बिहीबार राति सँगै रहेकाबेला भएको आपसी विवादले घटना घटेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए। खड्काले ईँट्टा तथा ढुङ्गाले प्रहार गरी उनको हत्या गरेको खुल्न आएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको उनले बताए। 

यसैबीच उपत्यकाभित्र भएका चोरी अपराधमा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा भैंसेपाटी बस्ने शिवराम आले मगरको स्कुटरको डिक्कीमा रहेको रु दुई लाख नगद चोरी गरेको आरोपमा एकजना पक्राउ परेको थापाले जानकारी दिए। पक्राउ पर्नेमा बाँके घर भई हाल भैँसेपाटी बस्ने मोहन खत्री रहेका छन्।

चोरी गरेको रकममध्ये रु ८९ हजारसहित उनलाई आज पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad