coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्वयम्भु गोलीकाण्डः गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बढ्याे तिक्तता

रामेछाप– काठमाडौंकाे स्वयंभु गोली चलेर अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै  दुई व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएसँगै जिल्लाको लिखु गापालिकाका अध्यक्ष र वडाध्यक्षबीच तिक्तता शुरु भएको छ। प्रहरीले समातेको व्यक्तिहरुलाई प्रयोग गरी जिल्लाको लिखु तामाकोशी गाउँपालिका ७ नं वडाका अध्यक्ष सुवास बोहोराले आफु माथि चन्दा आतंक र ज्यान मार्ने धम्की दिएको सोही गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकाले आरोप लगाएका छन्। वडाध्यक्ष बोहोराले त्यो आरोप सत्य नभएको बताउदै आएका छन्। स्वयंभु गोलीकाण्डपछि वडाध्यक्ष बोहोराले पालिका अध्यक्षलाई सिध्याउन खोजेको भन्ने घटनाले यतिबेला ठुलो चर्चा पाएको छ।

मलाई पहिले देखि नै चन्दाको धम्की आइरहेको थियो। पछिल्लो समय  २ करोड चन्दाको मागसहित धम्की आएको अध्यक्ष खडकाले बताए। यदि चन्दा नदिए परिवारसहित ४ राउण्ड गोली हानेर मार्ने सम्मको धम्की दिएको अध्यक्ष खडकाले बताए। त्यसपछि अतालिएका खडका अन्तत प्रहरीकोमा आफू माथि आइरहेको धम्की बारे जानकारी गराउन पुगे। प्रहरीले लुटपाट, चोरी र डकैतिमा संलग्नहरुको खोजी गर्ने क्रममा शुक्रबार काठमाण्डौको स्वयंभुमा गोली चलाएर दुइ व्यत्तिलाई घाइते बनाइ नियन्त्रणमा लिएको छ। स्वयंभु घटना लगतै प्रहरीले अनुसन्धान गरि रहे अवस्था भएता पनि खडकाले भने प्रहरीले आफ्नो उजुरीलाई सुनुवाइ गरी कार्वाही गरेर आफूलाई धम्की दिनेलाई समाउन सफल भएको बताउदै आएका छन्।

प्रहरीले रामेछापको तिल्पुङ घर भएका लोप्चन भनिने मिलन तमाङ र अर्का अमृत तमाङलाई स्वयंभुमा गोली हानी नियन्त्रणमा लिएका छन्। दुबै अहिले प्रहरी निगरानीमा उपचारता रहेका छन्। गाउँपालिका अध्यक्ष खडकाले आफूलाई धम्की दिने र ज्यान मार्छु भनेर थर्काउने काम गर्न वडाध्यक्ष सुबास बोहोराले नै लगाएको आरोप लगाए। उनले त्यसको प्रमाण आफुसँग रहेको र प्रहरी अनुसन्धानले समेत देखाउने बताए।

यता वडाध्यक्ष बोहोराले भने शुक्रबार साँझ सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी पालिका अध्यक्ष खडकाले आफु माथि प्रमाणहिन आरोप लगाएको बताए। उनले पालिकामा अध्यक्षको काम गराईको शैली र अनियमितता रोक्न खोज्दा अध्यक्ष पटक पटक आफुमाथि खनिने गरेको आरोप वडाध्यक्ष बोहोराको रहेको छ। केही समय अघि पालिकाको बैठकमा समेत अध्यक्षले वडाध्यक्ष बोहोरा र प्रशासकिय अधिकृतमाथि कुर्ची उचालेर प्रहार गर्ने प्रयत्न समेत गरेका थिए। उक्त घटनको विरोधमा पालिकाका १५ जना सदस्य मध्ये उपाध्यक्ष सहित १२ जना सदस्य अध्यक्षको गतिविधिबिरुद्ध जिल्ला प्रशासन कार्यलयमा उजुरी समेत दर्ता गराएका थिए। पालिकामा नै पटक पटक खडका र बोहोराबीत मनमुटाव बढने गरेको थियो   । केही समय अघिमात्र सोही पालिकाको वडा नं १ मा भएको विद्युतीकरणमा विनियोजित रकमको पारदर्शिताका विषयमा पालिका सदस्यहरुले आवाज उठाए पछि पालिका अध्यक्ष वडाध्यक्ष बोहोरा र प्रशासकिय अधिकृतमाथि आक्रामक शैलीमा निस्किए पछि विवाद चुलिदै गएको हो। आफुले पालिका अध्यक्षको काम गराइको शैलीको पटक पटक आवाज उठाएकोले आफ्नो राजनीति सिध्याउनका लागि अध्यक्ष खडकाले आफुमाथि षडयन्त्र रचि आरोप लगाएको बताए। उनले आफूले गरेका अनियमितता र गलत क्रियाकलापलाई ढाकछोप गर्नका निमित आफूमाथि आरोप लगाउने प्रयत्न गरिएको बताए। बोहोराले कतिपय अनलाइनले बास्तविकता बुझ्दै नबुझी एकपक्षिय समचार सम्प्रेषण गरेको खेद समेत व्यक्त गरेका छन्। पालिका अध्यक्षले वडाध्यक्ष बोहोराका विरुद्ध किटानी जारी दिने हल्लाले पनि चर्चा पाइरहेको छ।

यता वडाध्यक्ष बोहोराले आफूमाथि लगाइएको आरोप प्रमाणित गरेर देखाउन चुनौति दिएका छन्। आफु संलग्न भएको प्रमाणित भए कानुनी दायरामा आउन आफू तयार रहेको बोहोराको भनाइ छ। 

 

प्रकाशित: २४ श्रावण २०७६ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App