७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘म विद्रोही नेता हुँ, एक लपेटो हानेको पनि छैन्, एक लपेटो खाएको पनि छैन्’

फाइल फोटाे

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गरेका छन्। अध्यक्ष दाहालले माओवादी विद्रोहको नेतृत्वको गर्ने अवसर आफूलाई प्राप्त भएपनि आफू हिंसात्मक गतिविधिमा भने संलग्न नभएको बताए।

दिनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको शुक्रबार काठमाडौंमा विमोचन गर्दै उनले अहिले आफूलाई हिस्रक मान्छेको रुपमा चित्रण गर्ने गरेको भन्दै असन्तुष्टि पनि जनाए। ‘म त्यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन् कसैको एक लपेटो खाएको पनि छैन,’ अध्यक्ष दाहालले भने ‘तर मेरो हिंसात्मक गतिविधिमा कुनै संलग्नता रहेन भन्दा मान्छेहरुलाई पत्याउन गाह्रो भईरहेको छ।’

अध्यक्ष दाहालले आफूले माओवादी विद्रोहको नेतृत्वमात्रै नगरी त्यसलाई शान्ति प्रक्रियामा ल्याउन सफल नेताको परिचय बनाएको पनि बताए। उनले माओवादी विद्रोहको नैतिक जिम्मेवारी भने आफैले लिन पनि स्पष्ट पारे। 

प्रकाशित: २४ श्रावण २०७६ १४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App