७ वैशाख २०८१ शुक्रबार
समाज

सिक्री लुट्ने गिरोह पक्राउ

काठमाडाैं– काठमाडौंका विभिन्न स्थानमा महिलाहरुको सिक्री लुट्ने गिरोह पक्राउ परेको छ। विगत केही समययता काठमाडाैंका विभिन्न स्थानहरुमा मोटरसाइकलमा आएका व्यक्तिहरुले महिलाहरुको घाँटीबाटै सुनका सिक्री लुटी फरार हुने क्रम बढेको थियो।

सुन लुटेरा गिरोहका ३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो। पीडित महिलाहरुको उजुरी परेपछि यसमा प्रहरीले चासो दिएको थियो। यही क्रममा आज काठमाडौं प्रहरी परिसरवाट खटीएको विशेष प्रहरी टोलीले काठमाडौको वसुन्धरा र ललितपुरबाट सो गिरोहलाई पक्राउ गरेको हाे।

लुटेराले सुनको सिक्री लुट्न प्रयोग गरेको वा २९ प ७२७६ नं. को  मोटरसाइकल, सुन जस्तो देखिने सिक्री १ थान, सुन जोख्न प्रयोग गरिने तौल मेशिन १ थान, मोवाईल ५ थान र लुटपाटमा प्रयोग गरिने कपडा तथा हेलमेटहरु प्रहरीले बरामद गरेको छ।

पक्राउ गरिएका व्यक्तिहरुसँग अनुसन्धान गर्ने क्रममा १० जना भन्दा वढी व्यक्तिहरुको घाँटीमा लगाएका सुनका सिक्रीहरु विभिन्न मितिमा लुटी विक्रि वितरण गरेको स्वीकार गरेका छन्। पक्राउ पर्नेमा ओखलढुङ्गा हर्कपुर ७ घर भई हाल वुढानिलकण्ठ चपली ७ स्थाई टोखा न.पा २ सपना तिर्थ डेरा गरी वस्ने वर्ष ३९ को टम वहादुर सुनुवार , रामेछाप मजुवा ९ घर भई ललितयपुर मनपा १८ भैसीपाटी वस्ने वर्ष २४ का टलक वहादुर रायमाझी र भारत पश्चिम वंगाल घर भई ललितपुर वालकुमारी सुन पसलमा काम गर्ने वर्ष ३५ का देवासिस दोलही पक्राउ परेका हुन्। यस्तै टम वहादुर सुनुवारको कोठावाट लुटिएका सिक्री  विक्रि गरे वापत २ लाख ५० हजार ५ सय रुपैयाँ पनि बरामद गरेको छ।

पक्राउ परेकाहरु विगतमा पनि यस्तै घटनामासजाय भुक्तान गरेर पनि अपराधिक काममा फर्किएको प्रहरीले जनाएको छ। हालसम्म महानगरीय प्रहरी परिसर काठमाडौमा ७ जना पीडितहरुले लुटीएको जाहेरी दरखास्त दर्ता गराएको र अन्य पीडितहरुसंंग सम्पर्क प्रयास भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरु पनि हुन सक्ने भन्दै घटनाको थप अनुसन्धान भइरहेको काठमाडौ परिसरले बताएको छ।

प्रकाशित: २४ श्रावण २०७६ १४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App