coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हतियार र दस्तावेजसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

पक्राउ परेका विप्लव समूहका कार्यकर्ता र उनीहरुको साथबाट बरामद गरिएका सामग्री। तस्बिरः नागरिक

स्याङ्जा– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विप्लव नेतृत्वका दुई कार्यकर्तालाई पक्राउ गरेको छ। गल्याङ नगरपालिका–३, गल्याङ बजारबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भीरकोट नगरपालिका–३ का ४६ वर्षीय शिव दर्लामी र ३० वर्षीय मोहन सिंजाली छन्।

उनीहरूको शरीर खानतलासी गर्दा विप्लव समूहका विभिन्न दस्तवेज तथा समूहको लेटरप्याड भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिए।

विभिन्न व्यक्तिहरूसँग ५० लाख रुपैयाँ चन्दा मागेको १८ थान लेटर प्याड फेला पारेको उनले बताए। सोधपुछ गर्दा विभिन्न व्यक्तिहरूलाई धाकधम्की, डर र त्रास देखाई चन्दा उठाएको पाइएको उनको भनाइ छ। अराजक, गैरराजनीतिक र असामाजिक कार्यमा अन्य व्यक्तिहरुको संलग्न रहेको पाइएकाले खोजतलास जारी रहेको उनले बताए।

घटनाको थप अनुसन्धान गर्दा भीरकोट नगरपालिका–९ मा रहेका दुईतले धनसारबाट एगरगन एक थान, बमजस्तो देखिने वस्तु पाँच थान, चन्दा उठाउने रसिद प्याड एक थान, पार्टी सदस्यता तीन ठेली, गुलेली एक थान, मोबाइल दुईवटा, टर्च लाइट (विदेशी) एक थान, पावर बैंक एक थान र नगद सात सय ३० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ।

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७६ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App