८ वैशाख २०८१ शनिबार
समाज

५८ वर्षीय वृद्धले १६ वर्षीया किशोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि...

सर्लाही– आफूभन्दा ४२ वर्ष कान्छी १६ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाई करणी गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। ईश्वरपुर नगरपालिका–५, सखुबनी निवासी ५८ वर्षीय सूर्यबादुर स्याङ्बोलाई स्थानीय १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

स्याङ्बोले ति किशोरीलाई एक वर्षदेखि विभिन्न प्रलोभन देखाई शारीरिक सम्वन्ध राख्दै आएको प्रहरीले जनाएको छ। पीडितको जाहेरीका आधारमा स्याङ्बोलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्धामा कारबाही प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। पीडित बालिकाको पेटमा पाँच महिनाको गर्भसमेत रहेको प्रहरीले जनाएको छ।

यस्तै ईश्वरपुर नगरपालिका–१३, गौरीशंकर निवासी कृष्ण महतो जवरर्जस्ती करणी उद्योगमा पक्राउ परेका छन्। स्थानीय १५ वर्षीया किशोरीलाई गाउँ नजिकैको उखु बारीमा बलात्कारको प्रयास गरेको आरोपमा महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्याङ्बोविरुद्ध जवरजस्ती करणी तथा महतोविरुद्ध जवरजस्ती करणी उद्योगमा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७६ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App