coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालले पहिलो खेल कुवेतमा खेल्ने

काठमाडौं– कतार विश्वकपका लागि एसिया छनोटको दोस्रो चरणको खेल पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ।

अखिल  नेपाल फुटबल संघ एन्फाले शुक्रबार खेल तालिका परिवर्तन हुने जनाएको हो। एन्फाको प्रस्ताव अनुरुप नेपालको पहिलो ३ खेल अवे हुने छन्। एन्फाले रंगशाला पुननिर्माण हुन समय लाग्ने भएकाले खेल अघिपछि  पारेर खेलाउन आग्रह गरेको थियो।

एन्फा प्रवक्ता किरण राईले सेड्युलमा रहेको ‘होम’ ‘अवे’मा खेलिने भएको बताए। यस अघि कुवेतमा होम र अवे दुवै खेल खेलाउने प्रस्ताव गरे पनि फिफा र एसियन फुटबल संघले अस्वीकृत गरेका थिए।
 

प्रकाशित: २४ श्रावण २०७६ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App