७ वैशाख २०८१ शुक्रबार
समाज

रोकिएन मरिच तस्करी

प्रहरीले बरामद गरेको कालो मरिच। तस्बिरः महेशकुमार दास/नागरिक

महोत्तरी– महोत्तरीको सीमावर्ती क्षेत्र भएर मरिच तस्करी गर्ने ठूलो गिरोह सक्रिय रहेको रहस्य खुलेको छ। प्रहरीले सीमावर्ती मटिहानी नगरपालिकाबाट ९ सय ५० किलो मरिच बरामद गरेपछि महोत्तरीको सीमा भएर मरिच तस्करी गर्ने  गिरोह सक्रिय भएको रहस्य खुलेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले मटिहानी नगरपालिका–८ स्थित तीन वटा घरबाट ९ सय ५० किलो मरिच बरामद गरेको हो। मटिहानी नगरपालिका–८ घर भएका रहिम लहेरी, जवरा दर्जी र हकिम दर्जीको घरमा तस्करीका लागि भण्डारण गरी राखिएको मरिच प्रहरीले बरामद गरेको हो। प्रहरीले रहिम लहेरीको घरमा छापा मार्दा  २ सय ५० किलो मरिच, जवार दर्जीको घरमा भण्डारण गरिएको २ सय २५ किलो मरिच र हकिम दर्जीको घरमा भण्डारण गरिएको २ सय २५ किलो मरिच गरी ३८ वटा बोरामा ९ सय ५० किलो मरिच बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए।

मरिचको बजार भाउ हाल प्रतिकिलो ६ सयको दरले ९ सय ५० किलोको ५ लाख ७० हजार रहेको एसपी अधिकारीले बताए। बरामद भएकोे मरिच आवश्यक कारबाही प्रक्रियाका लागि भन्सार पठाइएको उनले बताए। यसका साथै यत्रो ठूलो परिमाणमा मरिच बरामद भएपछि भण्डारण गरी राखिएको घरमुलीहरूमाथि पनि मुद्दा चलाइएको र हाल उनीहरू फरार रहेकोले खोजी कार्य भइरहेको एसपी अधिकारीले बताए।

महोत्तरीमा मटिहानीबाट यत्रो ठूलो परिमाणमा कालो मरिच बरामद भएको यो पहिलो घटना भए पनि यसअघि पनि पटक–पटक कालो मरिच बरामद हुँदै आएको थियो।

परिमाण ठूलो भएकोले गिरोह पनि ठूलै सक्रिय भएको हुन सक्ने अनुमान प्रहरीको छ। त्यही भएर तस्करी कार्यमा संलग्न गिरोहलाई नै समाप्त पार्नेगरी प्रहरी परिचालन गरिएको एसपी अधिकारीले बताए।

प्रकाशित: २४ श्रावण २०७६ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App