महेन्द्र, माओ र नेहरु

शुक्रबार, २४ साउन २०७६, १३ : १० युवराज गौतम

श्रीमद्भागवद्गीताको कर्मयोगअन्तर्गत एउटा श्लोक धेरैलाई सम्झना आइरहन्छ– ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावह ः। ’ यसको अर्थ हो– ‘आपूmलाई तोकिएको कर्तव्य (धर्म) पालना गर्दा नष्ट भइन्छ भने पनि त्यो उत्तम हो।  तर अरुलाई तोकिएको कर्म वा कर्तव्य (परधर्म) डरलाग्दो हन्छ।  आफ्नो निर्दिष्ट कर्म नै धर्म हो भन्ने यो महावाणी श्रीकृष्णले अर्जुनलाई सिकाए।  सनातनकालदेखि चल्दै आएको त्यो बेलाको धर्मको प्रसंग चल्दा संसारमा हिन्दु, इसाई, मुस्लिमलगायतका कुनै पनि धर्मको परिकल्पनासमेत गरिएको थिएन।  तसर्थ गीतामा भनिएको ‘धर्म’ कर्तव्य नै हो भन्ने अर्थमा हामीले बुझ्नुपर्छ।

सेनाको धर्म (कर्तव्य) राष्ट्रको रक्षा गर्ने हो।  शिक्षकको धर्म ज्ञान दिनु हो।  अभिभावकको धर्म सन्ततिलाई राम्रो संस्कार, संरक्षण र शिक्षा दिनु हो।  हाम्रा प्राचीन धर्मग्रन्थहरूले राजा, प्रधानमन्त्री, मन्त्रीलगायत राष्ट्रका अधिकारी तथा प्रजा (जनता) सबैको काम, कर्तव्य र अधिकार स्पष्ट गरेका छन्।  वेदमा राजाको शुभराज्याभिषेकको विधान उल्लेख छ।  गीता, वेद, उपनिषद्, चाणक्यनीति, शुक्रनीति, यज्ञावल्क्यनीतिलगायत धेरै ग्रन्थमा राजनीति, कूटनीति, सुरक्षानीति आदिबारे घतलाग्दा ज्ञान र प्रसंग पाइन्छन्।

पौरस्त्य राज्यव्यवस्थाबाहेक विश्वको इतिहास, प्राचीन धर्मशास्त्र र आधुनिक राजनीति÷कूटनीति बुझेका राजा महेन्द्रले चीनका नेता माओ र भारतका नेता जवाहरलाल नेहरुलगायतसँग बसेर समसामयिक विषयमा घन्टौँ छलफल गर्ने गर्थे।  धेरै विषयमा उनको गहिरो ज्ञान थियो भन्ने बुझ्न गाह्रो पर्दैन।  एसियाका नेतामात्र होइन, सोभियत संघ, फ्रान्स, अमेरिका, ब्रिटेन, जर्मनी र अरु कैयन् राष्ट्रका नेता राजा महेन्द्रको विलक्षण ज्ञान, उत्साह र प्रतिभाबाट प्रभावित भएका पाइन्छ।  राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रका बारेमा गहिरो ज्ञान रहेछ महेन्द्रलाई।  उनका सहयोगीहरू भन्छन्– ससाना विषयमा पनि उनी जानकारी राख्थे, मानिसको क्षमता बुझेर सोहीअनुसारको जिम्मेवारी दिन्थे।

महेन्द्र भन्थे– सत्तामा पुगेका दलले राष्ट्र र जनताभन्दा आफ्नो र विदेशीको स्वार्थमात्र हेरे । आफैंँ इमानदार भएनौँ भने आर्थिक अनुशासन कायम गर्न सकिँदैन ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्रसम्मको शासनकाललाई ‘२४० वर्ष’ हिसाव गरिए पनि जंगबहादुर कुँवर (राणा) प्रधानमन्त्री तथा प्रधानसेनापति भएपछि १०४ वर्ष राजाहरू युद्धबन्दी जस्ता भए।  इतिहासकार भुवनलाल प्रधानले ‘नेपालको जनक्रान्ति’ पुस्तकमा लेखेका छन्– ‘महाराजाधिराजबाट त पर्व–समारोहहरूमा गद्दीको शोभा बढाउने काममात्र हुन थाल्यो।  दैनिक प्रशासनको त के कुरा, सरकारको नीति–निर्धारण, वैदेशिक÷कूटनीति आदि राज्यका ठूलठूला मामिलामा पनि राजपरिवारको कुनै हात रहेन।  महाराजाधिराजहरू राजदरवारभित्र नजरबन्दीमा जस्तै बस्नुपरेको थियो।  कसैसँग सम्पर्क राख्न पाइँदैनथ्यो।  चौबीसै घन्टा राणाका गुप्तचरले अंगरक्षकका रूपमा राजदरवारमा चेवा लिन्थे।  श्री ५ महाराजाधिराजले श्री ३ महाराजको अनुमतिबिना यताउति बाहिर हिँडडुल गर्नसम्म पाउँदैनथे।  उकुसमुुकुसको वातावरण यस्तो हदसम्म पुगेको थियो। ’

२००७ सालपछिको अवस्था पनि भताभुंग थियो।  बिपी कोइरालाको आत्मवृत्तान्त, पुराना राजनीतिज्ञहरूका कथन, त्यसबेलाका पत्रपत्रिका र सचेत व्यक्तिका अभिव्यक्ति पढ्दा र सुन्दा राजा महेन्द्रले धन्न राष्ट्र सम्हालेछन् भन्ने लाग्छ।  बिपीले २००७ सालपछिको राजनीति र कूटनीतिको विश्लेषण गर्ने क्रममा आत्मवृत्तान्तमा भनेका छन्– हिन्दुस्तानको आफ्नै दाउ थियो।  हिन्दुस्तानको राजदूत त यहाँको राजाभन्दा पनि आफूलाई ठूलो ठान्थ्यो।
२००७ सालपछि राजा त्रिभुवनले चार वर्ष जति सत्ताको बागडोर हातमा लिए।  स्विट्जरल्यान्डमा उपचार गर्दागर्दै उनको निधन भयो।  त्यसपछि २०१२ सालदेखि २०२८ सालसम्म महेन्द्रले सत्ता सम्हाले।  त्यो कालखण्ड बुझेपछि मात्र नेपाली राष्ट्रवाद बुझ्न सकिन्छ।

कतिपय विद्वान् र आलोचकले महेन्द्रको ‘देवत्वकरण गरियो’ भनेका छन्।  तर भारतीय लेखक जी कृष्णमूर्तिलगायतले कवि, राजनेता, खेलाडी, कूटनीतिज्ञ र विद्वान् राजा महेन्द्रको राम्रो र वस्तुपरक मूल्यांकन नभएको गुनासो गर्दै एसियामै उनी जस्ता राजनेता विरलै थिए भनेका छन्।  आजको महाशक्ति चीन र उदीयमान शक्ति भारतसँग महेन्द्रले समदूरीको सम्बन्ध स्थापित गर्न असंलग्न परराष्ट्रनीति अपनाए।  वासिङ्टन र मस्कोमात्र होइन, बेइजिङ र वासिङ्टन तथा दिल्ली र बेइजिङबीच पनि वैरभाव बढिरहेका बेला ती सबै राष्ट्रलाई नेपालमा आर्थिक लगानी र उद्योगहरू स्थापना गर्न पे्ररित गरे महेन्द्रले।  यो उनको सफलता थियो।

काठमाडौँको डिल्लीबजार स्थापना गर्ने कर्णेल डिल्लीसिंह बस्न्यातका नाति खड्गमानसिंह बस्न्यातले झन्डै ३६ वर्षपहिले पंक्तिकारलाई भनेका थिए– –राजा महेन्द्रका बारेमा थोरै शब्दमा व्यक्त गर्न गाह्रो छ। ’ राणा शासनविरुद्ध संघर्ष गर्ने क्रममा बीस वर्ष कारागारमा बसेका बस्न्यातले ‘जेलमा बीस वर्ष’ नामक पुस्तक लेखेका छन्।  उनले महेन्द्रलाई संसारकै सक्षम र सुयोग्य शासकमध्येका एक भनेका छन्।  बस्न्यात भन्थे– ‘नेहरु र माओले धेरै चर्चा पाए तर राष्ट्र र जनताकै हितमा अहर्निश काम गर्ने राजा महेन्दलाई अनेक दोष लगाइयो।  महेन्द्र भन्थे– ‘नेपालको सर्वाधिकार नेपालमै रहनुपर्छ। ’ उनले गीतमै भनेका छन्– नेपाली बन, नेपाल भन, सम्हाल नेपाल।

लाखौँ भूमिहीन किसानलाई जमिन उपलब्ध गराएर जीविकोपार्जनको स्थायी व्यवस्था गरिदिए महेन्द्रले।  हिमाल, पहाड र तराईबीच सद्भाव बढाएर राष्ट्रिय एकता बलियो बनाए।  ती सबै बिर्सेर कतिपय व्यक्ति राजा महेन्द्रप्रति तुच्छ वचनले प्रहार गरिरहेका छन्।  ऊबेला पर्याप्त बजेट थिएन।  वैदेशिक सहायता न्यून थियो।  २०१७ सालपछि महेन्द्रले प्रत्यक्ष शासन पनि चलाए।  मन्त्रीहरू मासिक सत्र÷अठार सय रुपियाँले घर खर्च चलाउँथे।  सत्र सालपछि मन्त्रीहरूको तलब र राजाको भत्ता घटाइयो।  महेन्द्र भन्थे– सत्तामा पुगेका दलले राष्ट्र र जनताभन्दा आफ्नो र विदेशीको स्वार्थमात्र हेरे।  तसर्थ हामी आफैं इमानदार भएनौँ भने आर्थिक अनुशासन कायम गर्न सकिँदैन।

राजा महेन्द्रको क्याबिनेटमा मन्त्रीको जिम्मेवारी पाएका अन्वेषक÷इतिहासकार भुवनलाल प्रधानले बबरमहलस्थित उनकै निवासमा पन्ध्र वर्षअघि भनेका थिए– छोराछोरी बिरामी पर्दा वा कुनै आर्थिक संकट भएका बेला राजा महेन्द्रले व्यक्तिगतरूपमा केही अािर्थक सहायता गर्थे।  राष्ट्रलाई काम लाग्ने मान्छेको संरक्षण गर्नुपर्छ भन्ने उनको विचार थियो।  त्यसैले महेन्द्र हाम्रा अभिभावक थिए।

राजा महेन्द्र, माओ र नेहरुको त्रिकोणात्मक सम्बन्धबारे अमेरिका तथा सोभियत संघले पनि चासो लिने गर्थे।  महेन्द्रसँग नजिक भएर काम गरेका हृषीकेश शाह भन्थे– ‘संयुक्त राष्ट्र संघका महासचिव ड्याग हयामरसोल्ड राजा महेन्द्रका बारेमा सोधिरहन्थे।

मातृकाप्रसाद कोइराला, तुलसी गिरी, कीर्तिनिधि बिष्ट, यदुनाथ खनाल, तेजबहादुर प्रसाई, शैलेन्द्रकुमार उपाध्याय, विश्वबन्धु थापा, पद्मबहादुुर खत्री, रणधीर सुब्बा आदिसँग कुराकानी गर्दा सबैले महेन्द्रलाई सफल र असल भनेका पाइयो।  चीनमा आठ वर्षभन्दा बढी राजदूत भएर बसेका रणधीर सुब्बाका अनुसार माओले महेन्द्रको निकै प्रशंसा गर्थे।  सुब्बालाई ‘ब्रदर’ (भाइ) भन्दा रहेछन् माओले।  चीनको ‘सांस्कृतिक क्रान्ति’ भइरहेका बेला सुब्बा उतै थिए।  पाँचथरबाट कालिम्पोङ (दार्जिलिङ) बसाइँ सरेका रणधीरले अंगे्रजको शासनकालमा राम्रो शिक्षा पाएका थिए।
नेहरुका दृष्टिमा महेन्द्र त्यति प्रिय थिएनन्।  शिष्टाचार र औपचारिकतामै सीमित रह्यो उनीहरूको सम्बन्ध।  भारतका प्रसिद्ध कूटनीतिज्ञ तथा नेपालका निम्ति पूर्वराजदूत महाराजकृष्ण रसगोत्रको पुस्तक पढ्दा त्यसको छनक पाइन्छ।  सन् १९७० को दशकमा पाकिस्तान टुक्र्यायो भारतले।  त्यो ‘बंंगलादेश’ भयो।  यस्ता घटनाले महेन्द्र निकै चिन्तित भएका थिए।

यहाँ एउटा प्रसंग जोड्दा युवा पुस्ताका पाठकलाई रुचिकर लाग्ला।  भारतले बंगलादेश (तत्कालीन पूर्वी पाकिस्तान) भूभागमा बंगाली पोशाकमा आफ्ना सेना पठाएको थियो।  उनीहरू ‘आमार सोनार बाङ्ला’ (हाम्रो सुनको बंगाल) भन्दै गीत गाउँथे।  त्यो हुलमा नेपाली कांगे्रसको एउटा फौज पनि मिसिएको थियो।  भारतका तर्फबाट सुशील कोइराला (पूर्वप्रम), चक्र बाँस्तोला (पूर्वपरराष्ट्रमन्त्री), डिबी राई आदिले नेपाली कांग्रेसको सानो टुकडीको नेतृत्व गरेका थिए।  बिपीको आत्मवृत्तान्तमा मात्र होइन, पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईको ‘परराष्ट्रका पात्र’ पुस्तकमा पनि यो प्रसंग उल्लेख छ।

सत्तारुढ दलका अध्यक्षसमेत रहेका एकजना पूर्वआतंककारीले सामान्य नागरिक भएर बसेका राजा महेन्द्रका माइला छोरालाई हालै धम्की दिए।  अधिनायकवाद, निरंकुश शैली, हत्या, लूट र आतंकमा पारंगत व्यक्तिले किन राजनीतिक र शालीन भाषा बोलेनन् भनेर तर्क गर्नु व्यर्थ हुन्छ।

सिकिस्त बिरामी परेका बेला आँखाभरि आँसु लिएर महेन्द्रले कीर्तिनिधि बिष्टलाई भनेछन्– कीर्तिनिधि, म मरे पनि मेरो देश बाँचिरहोस्।  तिमीहरूले बचाऊ है देश।  अंग्रेजले भारतका ५ सय ६५ जना राजा/रजौटाको घाँटी थिचेर ब्रिटेनको झन्डा फर्फराए।  उनकै मुद्रा चलाए।  मेरी हजुरआमाको थैलीमा लामो चुल्ठो बाटेकी रानीको तस्बिर भएका पैसा थिए।  जसलाई गाउँतिर ‘चुल्ठे पैसा’ भन्थे।  त्यो अंगे्रजले निकालेको मुद्रा भारतमा चल्ने हुँदा झापा, इलामदेखि लिएर भारतसँग सिमाना जोडिएका ठाउँमा धेरैले घर÷घरमा राख्थे।  चुल्ठो बाट्ने महारानी रहिछन्, इङ्ल्यान्डकी भिक्टोरिया।  तर नेपालमा झन्डै सोह्र सय वर्षअघिदेखि आफ्नै मुद्रा थियो।  प्राचीन राष्ट्रमध्येको एक नेपालको अर्थनीति, राजनीति, कूटनीति र आत्मनिर्णयको अधिकार हाम्रै थियो।  अरुको खटनपटन र आदेश मान्ने कुरै थिएन।

आज स्वतन्त्र जनता अल्पमतमा परेजस्तो र राजनीतिक कार्यकर्ताको आवाज मात्र जताततै प्रतिध्वनित भइरहेको अवस्था देखिन्छ।  सत्तारुढ दल हुन् वा प्रतिपक्षीहरू, त्यहाँ पनि सत्य बोल्नेहरू लाचार देखिन्छन्।  राष्ट्रहितका बारेमा पनि मतमतान्तर भइरहेमा बैरीले हेप्छन्।  राष्ट्र बचाउन नेपाली नागरिकताको व्यवस्था गर्ने, सीमान्त क्षेत्रमा भूतपूर्व सैनिकको बस्ती बसाउने र जनतालाई सचेत र जिम्मेवार बनाएर जनताकै बलमा शासन गरेका राजा महेन्द्र कसैसँग झुकेनन्।  आज पाइला पाइलामा विदेशीको चरण छुँदैछन् राष्ट्र हाँक्नेहरू।  के यही हो हामीले खोजेको ?

राष्ट्रियता कमजोर हुँदै जाँदा विदेशीका कठपुतलीहरू झन् सल्बलाउँछन्।  सत्तारुढ दलका अध्यक्षसमेत रहेका एकजना पूर्वआतंककारीले सामान्य नागरिक भएर बसेका राजा महेन्द्रका माइला छोरालाई हालै धम्की दिए।  अधिनायकवाद, निरंकुश शैली, हत्या, लूट र आतंकमा पारंगत व्यक्तिले किन राजनीतिक र शालीन भाषा बोलेनन् भनेर तर्क गर्नु व्यर्थ हुन्छ।  ‘राष्ट्र चलाउनेहरू’ आज बदनाम बन्दैछन्।  यस्तो अवस्थामा जनताले महेन्द्र जस्ता महापुरुषका गाथा पढ्दा पनि गर्व अनुभूति गर्नु स्वाभाविक हो।







यसमा तपाईको मत

अन्य समाचार

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

गत पुसमा सुरु दी कलिस्डकोप– अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९ को विजेता घोषणा गरिएको छ । ...

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रम "Sing with Sushant" मा सुशान्त केसीसँगको संगीतमय साँँझले "Sing with Sushant" मा युवा र संगीत प्रेमीहरुको ठूलो...

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ। ...

Ncell Footer Ad