coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महसुल नबुझाउने सिरहाका ४१६ ग्राहकको लाइन काटियो

लहान-समयमा विद्युत्को महसुल नबुझाउने सिरहाका ४१६ जनाको विद्युत् लाइन काटिएको छ ।

लामो समयदेखि विद्युत् महसुल नबुझाएको भन्दै विद्युत् प्राधिकरण वितरण केन्द्रले ३६० जना र सिरहा वितरण केन्द्रले ५६ जना ग्राहकको विद्युत् लाइन काटेको हो ।

विद्युत्को बक्यौता रकम समयमा नबुझाउने र समयमै विद्युत् महसुल बुझाउन पटकपटक आग्रह गर्दा समेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काटेको प्राधिकरण वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार गत भदौको पहिलो सातादेखि विद्युत् लाइन काट्न थालेको र हालसम्ममा विद्युत् लाइन काटिएका ३६० ग्राहकमध्ये २२२ जनाबाट रु ८४ लाख ८१ हजार ७०० रकम सङ्कलन भएको छ । रासस

प्रकाशित: २५ कार्तिक २०७३ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App