coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नाचेर दिदीबहिनीले लेखाए गिनिज बुकमा नाम

काठमाडौं – लामो समय निरन्तर डान्स गरेर नेपालका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा आफ्नो नाम राख्न सफल भएका छन् । बुधबार गिनिज बुक अफ वल्र्ड रेकर्डले आफ्नो औपचारिक मेलमार्फत श्रेष्ठ दिदीबहिनीलाई लामो समय निरन्तर युगल डान्स गरेर विश्व कीर्तिमानी राखेको सर्टिफिकेट पठाएको थियो ।

श्रेष्ठ दिदीबहिनीले ४१ घण्टा ५ मिनेट लगातार युगल डान्स गरेर विश्व कीर्तिमानी राखेका थिए । चन्द्रागिरी नगरपालिका १९ वर्षीया रुबिसा र १७ वर्षीया एलिसाले गत जेठमा स्वयम्भूस्थित क्वालिटी क्याफे एन्ड बैंकेटमा विश्व कीर्तिमानीको लागि युगल डान्स गरेका थिए । ‘लामो समयसम्म निरन्तर युगल डान्स गरेर अमेरिकाको रेकर्ड तोड्न हामी दिदीबहिनी सफल भएका छौं । गिनिज बुक अफ वल्र्ड रेकर्डले औपचारिक मेलमार्फत लामो समय निरन्तर युगल डान्स गरेर विश्व कीर्तिमानी राखेको सर्टिफिकेट हामीलाई पठाएको छ,’ रुबिसा श्रेष्ठले भनिन्, ‘गिनिज बुक अफ वल्र्ड रेकर्डले हामीलाई औपचारिक सर्टिफिकेट १५ दिन भित्रमा दिने जानकारी गराएको छ ।’

यसअघि सन् २०१४ मा अमेरिकाका वाइका ब्रिट र जेनिफर ग्रिसवोल्डको जोडीले लगातार ३८ घण्टा ३० मिनेट डान्स गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । रुबिसाका अनुसार २७ घण्टा डान्स गर्दा स्टेजमा आईस राखिएको थियो । ‘लगातार २७ घण्टा डान्स गर्न गाह्रो हुनेजस्तो लागेर स्टेजमा आईस राखिएको थियो । थकान र निद्राका कारण आईसमा डान्स गर्न अप्ठ्यारो भएको थियो । बहिनीलाई गाह्रो भएर ज्वरो आएको थियो,’उनले भनिन् ।

 

प्रकाशित: २४ श्रावण २०७६ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App