६ वैशाख २०८१ बिहीबार
राजनीति

महाभियाेग प्रस्ताव कांग्रेसकाे एजेन्डा: गुरूङ

काठमाडौं– सत्तारुढ दल नेपाली काँग्रेसका सांसद  धनराज गुरुङले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव जनताको प्रस्ताव भएकोले यसलाई सबै दल मिलेर पारित गर्नुपर्ने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा सांसद गुरूङ्ले लोकमानविरुद्ध संसदमा पहिलो पटक सार्वजनिक महत्वको प्रस्ताव आफूहरुले दर्ता गराएको उल्लेख गर्दै लोकमानलाई कारवाही गर्दा आयोगको अस्तित्व नै समाप्त हुन्छ भनेर केहीले बोलेपनि त्यो लोकमान बचाउको अभिव्यक्ति भएको आरोप लगाए।

उनले अघि भने,‘संसदलाई पूरै निकम्मा बनाउन खोज्नेहरुले लोकमानको पक्षमा बोलिरहेका छन् ।’ उनले लोकमान विरुद्धको महाअभियोग प्रस्तावबारे आफ्नो पार्टीमा पनि छलफल भैरहेको भन्दै सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा यसबारेमा विशेष छलफल गर्ने जानकारी दिए। उनले भने, ‘यो एजेण्डा हाम्रो हो, जनताको एजेण्डा हो, यसबाट नेपाली काँग्रेस पर भाग्दैन्।’

उनले विगतमा नेताहरुले अख्तियार प्रमुखमा लोकमानलाई नियुक्ती गरेर ठूला पार्टीहरुले गम्भिर भुल गरेको भन्दै अहिले नेताहरुलाई गल्ती सच्याउने ठूलो अवसर रहेको समेत स्पष्ट पारे । उनले संविधान संशोधन हुँदा अंगीकृतलाई राष्ट्रपति बनाउने गरी संशोधनको तयारी गर्ने हल्ला चलेकोप्रति टिप्पणी गर्दै त्यो कुनै हालतमा हुन नदिने अडान दाहोर्याए।

गुरुङले थपे, ‘यो कुनै हालतमा हुँदैन।’ नेपाललाई क्रिमिया वा फिजीकरण गर्ने कुराहरु अब कुनै हालतमा स्विकार्य नहुने समेत जिकिर गरे। त्यस्तै उनले भाषाबारेमा पनि नेपालमा हिन्दी भाषालाई राष्ट्रिय भाषाको रुपमा कायम गर्नुपर्ने आवाज उठेको भन्दै त्यो राष्ट्रियता विरोधीको भावना भएको टिप्पणी गरे। उनले थपे, ‘तराईमा सबैभन्दा बढी बोल्ने भाषा मैथली हो, खोई त्यसको बारेमा कुरा उठेको ? अनि हिन्दीको कुरा गर्ने?’

 

प्रकाशित: २५ कार्तिक २०७३ ०९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App