८ वैशाख २०८१ शनिबार
खेल

सिटीमा कान्सेलोे

लन्डन – म्यानचेस्टर सिटीले पोर्चुगलका रक्षक याओ कान्सेलोसँगको अनुबन्धन प्रक्रिया पूरा गरेको छ। सिटी र युभेन्ट्स कान्सेलोलाई इत्तिहादमा भिœयाउन र ड्यानिलोलाई टुरिन पठाउन सहमत भएका हुन्। सिटीले कान्सेलोलाई ६ करोड युरोमा अनुबन्धित गरेको हो। युभेन्ट्सले भने ड्यानिलोका लागि ३ करोड ४१  लाख युरो खर्चिएको हो।

२५ वर्षे कान्सेलोले सिटीसँग २०२५ सम्मको सम्झौता गरेका हुन्। उनी यस सिजन सिटी भित्रने तेस्रो खेलाडी हुन्। सिटीले यसअघि स्पेनिस रक्षक एन्जेलिनो र एट्लेटिको मड्रिडका स्पेनिस मिडफिल्डर रोड्रीलाई भिœयाएको थियो।

‘सिटी उत्कृष्ट क्लब हो, जहाँ कुशल व्यवस्थापक छन् र म त्यसको सदस्य बन्न पाउँदा खुसी छु,’ कान्सेलोले भने, ‘म यहाँ आफ्नो खेल थप सुधार्दै सिटीको उपाधियात्रामा सारथि बन्न चाहन्छु। इङ्लिस प्रिमियर लिग मेरा लागि चुनौती हो र म त्यो चुनौतीको सामना गर्न तयार छु।’

कान्सेलो २०१८ मा भ्यालेन्सियाबाट युभेन्ट्समा भित्रिएका थिए। क्लब भित्रिएकै सिजन उनी एक सिजनका लागि लोनमा इन्टर मिलान गएका थिए।
यत २०१७ मा रियाल मड्रिडबाट सिटीमा अनुबन्धित भएका ड्यानिलोले सिटीबाट सबैखाले प्रतियोगिता गरी ६० खेल खेलेका थिए। उनले युभेन्ट्ससँग ५ वर्षको सम्झौता गरेका हुन्।

सिटीले दुई सिजन लगातार प्रिमियर लिगको उपाधि जित्दा महŒवपूर्ण सदस्य रहे पनि उनी प्रशिक्षक पेप ग्वार्डिओलाको पहिलो रोजाइमा भने विरलै पर्थे।

 

प्रकाशित: २४ श्रावण २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App