४ वैशाख २०८१ मंगलबार
खेल

तीन प्रशिक्षकलाई हैसियत जोगाउने तुनौती

लन्डन – क्रिस वेल्डर, ड्यानियल फार्क र डिन स्मिथको हातमा यसै सिजन मात्र इङ्लिस प्रिमियर लिगमा बढुवा भएका सेफिल्ड युनाइटेड, नर्विच र एस्टन भिल्लाको हैसियत जोगाइराख्ने वा डुबाउने निर्भर रहनेछ।

नर्विचका प्रशिक्षक फ्राकी र सेफिल्डका स्मिथले प्रिमियर लिगको सुरुआती साताबाट आफ्नो परीक्षाको थालनी गर्नेछन्। नर्विचले प्रिमियर लिगको पहिलो दिन शुक्रबार गत सिजनको उपविजेता लिभरपुलविरुद्ध खेल्नेछ भने भिल्लाले शनिबार टोटेनह्यामसँग प्रतिस्पर्धा गर्नेछ। सेफिल्डले भने बर्नमाउथसँग खेल्नेछ।

४२ वर्षे जर्मन प्रशिक्षक फार्क यस्ता व्यक्ति हुन्, जो कहिल्यै फुटबल प्रशिक्षक बन्ने सोचमा थिएनन् तर नर्विचले शुक्रबार योर्गान क्लोपको टोलीको सामना गर्दा उनीसामु टोलीको सुखद सुरुआतका लागि उचित रणनीति बुन्नुको विकल्प नहुन सक्छ।

‘हाम्रो जस्तो सानो क्लबमा एउटा प्रशिक्षकले खेल रणनीति तयार पार्ने र अभ्यासमा मात्र सीमित हुने छुट छैन। हामीले बस कम्पनीसँग छलफल गर्ने, सबै सम्झौता गर्ने, पत्रकार सम्मेलनका साथै प्रशिक्षकको जिम्मेवारी सबै आफैले हेर्नुपर्छ,’ दी गार्जियनसँग कुरा गर्दै फार्कले भने, ‘यो निकै तनावपूर्ण काम हो।’

यो उनकेै कडा परिश्रमको परिणाम हो, जसले २०१५ मा क्लब छोडे पनि पुनः क्लबको प्रशिक्षण सम्हाल्दै टोलीलाई प्रिमियर लिगको हैसियत दिन सफल भए। बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डको रिजर्भ टोलीलाई सम्हाल्दा फार्कको काम कफी बनाउने र मैदानमा पानीको क्रेट बोक्ने हुन्थ्यो। तर नर्विचमा आएपछि उनको परिचय फेरिएको छ। उनी टोलीलाई युरोपकै शीर्ष लिगमध्येको एकमा छुट्टै पहिचान दिन लागि परेका छन्।

यता भिल्ला सानै क्लब हो तर त्यहाँको व्यवस्थापन अब्बल छ। भिल्लाको प्रदर्शन आफ्नै एकेडेमीका खेलाडी म्याक्स एसोन्स र यामल लुइसको प्रदर्शनमा निर्भर हुनेछ। क्लबको कुल बजेट १० करोड युरो रहेको छ। जसमध्ये क्लबले रक्षक साम ब्रायमलाई अनुबन्धन गर्नका लागि मात्र ७ करोड ५० लाख युरो खर्चिसकेको छ। स्मिथको टोली डर्बीलाई निराश पार्दै प्रिमियर लिगमा यस सिजन बढुवा पाउने तेस्रो तथा अन्तिम टोली बनेको थियो।

गत सिजन प्रिमियर लिगमा बढुवा पाएको फुलह्याम सोही सिजन च्याम्पियनसिपमा घटुवा भएको थियो। भिल्ला र समर्थकहरू यति मात्र चाहन्छन् कि गत सिजन फुलह्यामले भोगेको नियति यस सिजन आफ्नो क्लबले भोग्न नपरोस्।

‘मेरो बुबा करिब ३ वर्षदेखि घरमै हुनुहुन्छ,’ स्मिथले अप्रिलमा दी टाइम्ससँगको अन्तर्वार्तामा भनेका थिए, ‘उहाँलाई म को हो भन्ने थाहा छैन। दुर्भाग्यवश उहाँलाई म भिल्लाको प्रशिक्षक हँु भन्ने पनि थाहा छैन।’

४८ वर्षे स्मिथका बुबा रोन जसले क्लबमा २० वर्ष वार्डेनको काम गरेका थिए। उनी गत वर्ष डेमेन्टियाको सिकार बनेका थिए। १९८२ मा भिल्लाले युरोपियन कपको उपाधि जित्दा स्मिथ बसमा क्लबको खेल हेर्न समर्थकका रूपमा रंगशाला पुगेका थिए। उनी आफ्नो बुबाले क्लबको उपलब्धि थाहा पाएको हेर्न चाहन्छन्।

सेफिल्डको बजेट पनि मात्र ४ करोड युरो छ। वेल्डरसामु पनि क्लबको पहिचान बदल्ने सुनौलो अवसर हुनेछ। वेल्डर र स्मिथसँगै यस सिजन इङ्लिस प्रिमियर लिगमा ८ इङ्लिस प्रशिक्षक देखिने पक्का छ। जुन २००८ पछिकै ठूलो संख्या हो। उनले यसअघि नर्थह्याम्पटन टाउन र हाली फ्लक्स टाउनको प्रशिक्षण सम्हालिसकेका छन्। ‘हाम्रो जस्तो सानो क्लबमा एउटा प्रशिक्षकले खेल रणनीति तयार पार्ने र अभ्यासमा मात्र सीमित हुने छुट छैन। हामीले बस कम्पनीसँग छलफल गर्ने, सबै सम्झौता गर्ने, पत्रकार सम्मेलनका साथै प्रशिक्षकको जिम्मेवारी सबै आफैंले हेर्नुपर्छ।’

 

प्रकाशित: २४ श्रावण २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App