काठमाडौं – रेडिअन्ट र ज्ञान निकेतन आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
रेडिअन्टले न्यु भिजनलाई २३–१५ ले पराजित ग¥यो । रेडिअन्टका सुवास गौतमले ६ अंक जोडे । ज्ञान निकेतनले जेनिथलाई ३७–१५ ले हरायो । ज्ञान निकेतनका देविस मगरले २६ स्कोर गरे ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनले होली भिजनलाई ६२–३२, रेडिअन्टले काठमाडौं भ्यालीलाई ४०–१८, आयोजक ग्रिनफिल्ड ‘ए’ ले कान्तिपुरलाई ४७–२६ र पुष्पसदनले हर्टल्यान्डलाई ४९–३३ ले पाखा लगाउँदै प्रि– क्वार्टरफाइनलमा पुगे ।
ज्ञान निकेतनका विवेककुमार यादवले २८, रेडिअन्टका भूपेन्द्र बस्नेतले १४, ग्रिनफिल्ड ‘ए’ का सौरभ पौडेलले १९ र पुष्पसदनका कर्मा गुरुङले १६ अंक बटुले । सिनियर गल्र्समा सिद्धार्थ वनस्थलीले दुर्गा भवानीलाई २८–१२ ले पराजित ग¥यो । सिद्धार्थ वनस्थलीका यशोश्री गुप्ताले १२ अंक जोडे ।
प्रकाशित: २४ श्रावण २०७६ ०१:४९ शुक्रबार