८ वैशाख २०८१ शनिबार
राजनीति

पूरक बजेट ल्याउने तयारीमा सरकारः प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। यसअघिको सरकारले ल्याएको बजेट लोकप्रिय भएको थियो। तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता दिएर आफ्नै नेतृत्वमा सरकार गठन गरेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले पूरक बजेट ल्याउने तयारीमा सरकार लागेको बताएका हुन्।

बिहीबार राजधानीमा  नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले ल्याउने पूरक बजेटमा कृषि क्षेत्रमा बढी रकम विनियोजन गर्ने बताएका हुन्।  यसअघि पनि अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको थिए। तर अहिलेसम्म सरकारले तयारी गर्दै आएको बताएपनि पूरक बजेट कहिले ल्याउने भन्ने निर्णयमा भन्ने पुगिसकेको छैन्।

 

प्रकाशित: २५ कार्तिक २०७३ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App