७ वैशाख २०८१ शुक्रबार
समाज

जब ऊर्जामन्त्री बोल्दा बिजुली गयो ..

काठमाडौं – ऊर्जामन्त्री वर्षमान पुनले विद्युत्को पछिल्लो प्रगतिबारे संसद्मा भनाइ राख्दा पटकपटक विद्युत् आपूर्ति बन्द भएपछि सोही कुरालाई लिएर ऊर्जामन्त्रीले सांसदको व्यंग्य खानुपरेको छ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै ऊर्जामन्त्री पुनले विद्युत् विकासमा आफूले धेरै नै परिवर्तन ल्याउन लागेको बताउँदै थिए तर उनी बोलिरहँदा संसद् बैठकमा पटक पटक विद्युत् आपूर्ति बन्द भएको थियो।  एकपटक नभई मन्त्रीले बोलिरहँदा मात्रै पटकपटक विद्युत् आपूर्ति बन्द भएको थियो।

नेपाली कांग्रेस सांसद् लक्ष्मी परियारले व्यंग्य गर्दै भनिन्, ‘तस्बिर आफै बोल्छ भन्ने सुनेको थिए, संसद्मा विद्युत् आपूर्ति बन्द भयो, बाँकी कुरा किन गर्नु ?’

प्रतिपक्ष सांसद्ले मात्र होइन सत्तापक्षका सांसद् कृष्णगोपाल श्रेष्ठले ऊर्जा मन्त्रीले बोल्दा नै आजै विजुली जाने यो संयोग हो कि के हो भन्दै प्रश्न गरेका थिए।  कांग्रेसका दिलेन्द्र बडूले भने, ‘विद्युत आपूर्ति कस्तो छ भन्ने कुरा संसद् बैठकमा विद्युत् गइरहेकोबाट स्पष्ट हुन्छ। ’ कांग्रेसका सांसद् रामबहादुर विष्टले पनि ऊर्जामन्त्रीले नै बोल्दै गर्दा विद्युत् गएको भन्दै आलोचना गरे।

  ऊर्जामन्त्री वर्षमान पुनले संसद्को एअर कन्डिसन(एसी) बिग्रिएर बनाउने क्रममा विद्युत् आपूर्ति बन्द भएको आफूलाई जानकारी आएको बताए।  उनले भने, ‘विजुलीमन्त्रीले बोल्दा अघिपछि भन्दा बढी विजुली जाने यो संयोग हो, सदनमा विजुली जानु र जनताको घरमा विजुली जानु बराबर हो। ’

प्रकाशित: २४ श्रावण २०७६ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App