८ वैशाख २०८१ शनिबार
समाज

तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा लैजाँदै गरेका ७ बालबालिकाको उद्धार

डोल्पा– तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा काठमाडौं लैजाने भनेर जुफाल विमानस्थलमा पुर्याइएका काइके गाउँपालिकाका ७ का बालबालिकालाई बिमानस्थल प्रहरीले फर्काइदिएको छ। 

काठमाडौंको जोरपाटीमा संचालित छुतसाङ गुम्बामा पढाउन लैजाने क्रममा ७ बालबालिकाको कानुनी प्रक्रिया नपुगेको भन्दै प्रहरीले फिर्ता गरेको हो। प्रहरीले फिर्ता गरिएका बालबालिकाहरुमा काईके गाउँपालिका ७ का २ जना ६ का ४ जना र मुड्केचुला गाउँपालिका ७ का १ जना गरी ७ जना रहेका छन्। 

गैह्र कानुनी रुपमा बालबालिका लैजाने नागरिक बौद्ध जोरपाटीस्थित छुतसाङ  गुम्बाका लामा रहेको र उनी तीब्बतीयन नागरिक भएको पाइएको छ। सम्बन्धित गाउँपालिकाको वडाले बाहिर लिनको लागि सिफारिस गरेको भए पनि शिक्षा समन्वय र जिल्ला प्रशासनको अनुमति बिना धेरै संख्यामा बालबालिका लिन लागिएको भेटिएपछि प्रहरीले फिर्ता गरेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले नागरिकलाई बताए।

ठूलो संख्यामा बालबालिका लिने नागरिक तिब्बतीयन भएको र बौद्ध जोरपाटीमा रहेको भनिएको  गुम्बाका  आधिकारिक के छ भन्ने बारे बुझेर मात्र पठाइने प्रजिअ केशरीले बताए। आफूहरुको आर्थिक अवस्था कमजोर रहेको र पढाउन सक्ने अवस्था नभएको बेला निःशुल्क रुपमा लामा पढाई दिन्छु भनेपछि सहमतिमै बालबालिका पठाएको तर गुम्बा आधिकारिक छ छैन भन्ने थाहा नभएको अभिभावक राजेन्द्र कामीले बताए।

प्रकाशित: २३ श्रावण २०७६ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App