आफ्नै घरमा बास बसेका विप्लवलाई सम्झिएर लेखराज भावुक, दोहोरो चरित्र नदेखाउन ‘बादल’लाई चेतावनी

बिहिबार, २३ साउन २०७६, २० : ३९ नागरिक संवाददाता

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्ट  पूर्वसहयोद्धा नेत्रविक्रम चन्द ‘विप्लव’लाई सम्झिएर भावुक बनेका छन्। विगतमा विप्लव आफ्नै घरमा बसेको र सुदूरपश्चिममा पार्टीको काम सँगै गरेको स्मरण गर्दै नेता भट्टले विप्लव समूहसँग वार्ता गर्न उच्चस्तरीय समितिको माग पनि गरे। 

नेता भट्टले एकातिर वार्ता र अर्काेतिर दमन गरेर दोहोरो चरित्र प्रस्तुत नगर्न सरकारको ध्यानाकर्षण गर्दै वार्तामा मात्रै केन्द्रीत हुन आग्रह गरे। ‘एकातिर वार्तामा ल्याउने भन्ने अर्काेतिर उनीहरुमाथि दमन, धरपकड गर्ने त्यसरी वार्ता हुन सक्दैन। राज्यले स्पष्ट नीति बनाउनुपर्छ, उहाँलाई वार्तामा ल्याउनुपर्छ’, उनले भने।

नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा पत्रकार श्रीराम पौडेलसँग कुराकानीमा  भट्टले अहिलेको सरकारी वार्ता टोलीले खासै पहल गर्न नसकेको बताउँदै भने, ‘विप्लवलाई वार्तामा ल्याउन अहिलेको वार्ता समितिले सकेको छैन। विप्लवलाई बुझेको मान्छे राखेर उच्चस्तरीय वार्ता समिति बनाउनुपर्छ।’

नेता भट्टले विगतामा विप्लव आफ्नो घरमा बास बसेको स्मरण गर्दै अहिले पनि उनलाई सम्झिरहेको बताए। ‘हिजो सँगै काम गरेको, शान्ति प्रक्रियामा आइसकेपछि पनि सेती महाकाली कमाण्ड इन्चार्ज भएर पनि जानु भएको थियो। मेरै घरमा बस्नुभएको थियो। उहाँको सबल र दुर्बल पक्ष थाहा छ’, उनले भने, ‘अहिलेको अवस्थामा फौजी रुपमा जाँदा कति सफल हुने हो के हो? सधैं हामी यहीँ बाटोबाट जाँदा क्रान्ति सफल हुन्छ भन्ने कुरा बहसको विषय हो। उहाँहरुले पनि सोचिरहनुभएको होला।’

नेता भट्टले कुमार पौडेलको हत्या हो कि इन्काउन्टर छानविन हुनुपर्ने बताए। ‘त्यो घटना हुनुहुन्थेन। हत्या हो भने गम्भीर कुरा हो छानविन हुनुपर्छ’, उनले भने, ‘हिजोका सहयोद्धाहरुलाई शान्तिको बाटोमा कसरी ल्याउने भनेर सोच्नुपर्छ। छलफल गर्नुपर्छ। वार्तामा जानुपर्छ।’

पूर्वसहयोद्धा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेका बेला नै विप्लव समूह सरकारबाट प्रतिबन्धमा परेको छ। पूर्वएमालेका नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा सरकारी वार्ता समिति गठन गरे पनि अझै वार्ता हुन सकेको छैन। यस्तो बेला पूर्वमाओवादीका प्रभावशाली नेता भट्टले विप्लव समूहलाई वार्तामा ल्याउन उच्चस्तरीय समितिको माग गर्दै सरकारमाथि दबाब बढाएका छन्। 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad