coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भत्ता लिन गएका वृद्ध मृत भेटिए

नुवाकोट– सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन गएका एक वृद्ध मृत भेटिएका छन्। विदुर नगरपालिका वडा नम्बर ३ छापथोकका ९५ वर्षीय सेते सार्की मृत भेटिएका हुन्।

बुधबार सामाजिक सुरक्षा भत्ता लिन भनेर घरबाट निस्किएका उनी रातिसम्म पनि घर नफर्किएपछि आफन्त परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा घर नजिक रहेको बारीको गह्रामा बिहिबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०७६ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App