coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले सीमामा रोक्यो भारत जाने रेल

काठमाडौं– जम्मू काश्मिरलाई लिएर दुई देशबीच बढ्दो तनावका बीच पाकिस्तानले भारत जाने रेल सीमामा रोकेको छ। भारत सरकारले जम्मू काश्मिरबाट संविधानको धारा ३७० हटाएपछि पाकिस्तानले सुरक्षाको कारण देखाउँदै रेल पठाउन अस्वीकार गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले आफ्नो चालक र गार्डका साथ रेल पठाउन अस्वीकार गरेको हो। सम्झौता एक्सप्रेस नामक रेल अहिले बाघा सीमामा रोकिएको छ। पाकिस्तानी रेलमन्त्री शेख रशीदले पनि सुरक्षा चुनौतीका कारण रेल चलाउन नसकिएको उल्लेख गरेका छन्। उनले आगामी ३/४ महिना सुरक्षाको हिसाबले महत्वपूर्ण रहेको भन्दै रेल सेवालाई रोकिएको बताए। रेलमन्त्रीले सुरक्षा भनेर दुई देशको सम्भावित युद्धलाई संकेत गरेको बताइएको छ। इदमा मात्रै रेल चल्न सक्ने मन्त्री रशीदको भनाई छ। 

पाकिस्तानले बिहीबार सुरक्षा चिन्ता भन्दै बाघामा रेल रोकेपछि भारत जान लागेका ११० जना यात्री अलपत्र परेका छन्। अलपत्र परेका यात्रुसहित रेल लैजानका लागि पाकिस्तानले भारतीय चालक र सुरक्षा गार्ड सीमामा पठाउन विकल्प समेत दिएको छ। दुई देशबीच १९७६ देखि भारतबाट दिल्लीदेखि अटारीसम्म र पाकिस्तानतर्फ लाहौरदेखि बाघासम्म रेल सञ्चालन हुँदै आएको थियो। 

प्रकाशित: २३ श्रावण २०७६ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App