८ वैशाख २०८१ शनिबार
कला

पोखरामा यस्तो भो हेरिटेज फेसन सो (फोटो फिचर)

पोखरा-  पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’  नामक फेसन सो भएको छ। पोखरा ग्राण्डमा भएको फेसन सो मा नेपालमा नेपालका टप मोडलहरु र्‍याम्पमा उत्रेका थिए।

फेसन सो मा नेपालको फेसन डिजाइनिङमा ख्याती कमाईसकेका डिजाइनरले तयार पारेका पहिरनमा २७ मोडल र्‍याम्पमा उत्रेका थिए। सो अवसरमा नेपालका विभिन्न जातजातिका पुख्र्यौली पहिरनदेखि सांस्कृतिक सम्पदासम्म झल्काउने पहिरन फेसनमा प्रदर्शन गरेको थियो। सो अवसरमा डिजाइनर देविना भट्टराईले ‘बुद्ध इज वर्न इन नेपाल’, जानकी कडायतको ‘निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज’, तेजु मगरको ‘नेपाल सौन्दर्य’ र सुपी रसाइलीको ‘दरबार’ गरी ४ सिक्वेन्समा फेसन सो भएको थियो।

कार्यक्रममा प्रशान्त ताम्राकार चर्चित गायीका मिलन नेवार र प्राप्ती तुलाचनले प्रस्तुती राखेका थिए। कोरियोग्राफर मुस्कान रानीको कोरियोग्राफीमा मोडलहरु र्‍याम्पमा उत्रिएका थिए। चलचित्रकर्मी तथा फेसन आइकन प्रशान्त ताम्राकार शो स्टपरको रुपमा र्‍याम्पमा आएका थिए।

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App