निकुञ्जले उठायो ५ करोड ७१ लाख राजस्व

बिहिबार, २३ साउन २०७६, १६ : ५४ विष्णुप्रसाद देवकोटा

डोल्पा– शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाले आर्थिक वर्ष ०७५।०७६ मा ५ करोड ७१ लाख ९१ हजार रुपैया राजस्व उठाएको छ। यार्सागुम्बा र सेतो चिनीलगायतका बहुमुल्य जडिबुटी, पर्यटक शुल्क वनपैदावर र चरिचरन अन्तरगत उक्त राजस्व उठाएको निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ।

बहुमुल्य जडिबुटी यार्सागुम्बाको प्रवेश शुल्क वापत २ करोड ९२ लाख ७५ हजार ५०० र संकलन अनुमति पत्र वापत १ करोड ८३ लाख ५ हजार गरेर ३ करोड ११ लाख १० हजार ५०० उठाएको हो।

यसै गरि सेतोचिनीको छोडपुर्जि वापत २ करोड १४ लाख ८० हजार उठाएको छ। फोक्सुण्डो ताल हेर्न जाने पर्यटकहरुबाट प्रवेश शुल्क वापत १८ लाख ७९ हजार उठाएको शे फोक्सुण्डो निकुन्ज कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी गोपाल खनालले बताए।

सुचना अधिकारी खनालका अनुसार पर्यटक भरिया शुल्क, चरिचरन शुल्क, माछा शुल्क, जडिबुटी छोडपुर्जि, क्यापिङ्ग र गाइड शुल्क र गतवर्षको बेरुजु दाखिलासमेत गरेर २१ लाख २८ हजारसमेत गरेर ५ करोड ७१ लाख ९१ हजार ८ सय ४० रुपैयाँ राजस्व उठाएको छ।

यसै गरि डिभिजन वन कार्यालय दुनैले आर्थिक वर्ष ०७५।०७६ मा यार्सागुम्बाबाट ६२ लाख ४० हजार मात्र राजस्व उठाएको छ।

गत वर्ष यार्सागुम्बाबाट मात्र वनले १ करोड ५० लाख राजस्व उठाएको थियो। डिभिजन वन  कार्यालय दुनैका प्रमुख नरबहादुर क्षेत्रीका अनुसार आर्थिक वर्ष ०७४।०७५मा ३५० केजी यार्सागुम्बाको राजस्व उठाएकोमा आर्थिक वर्ष ०७५।०७६ मा भने २०८ केजी यर्सागुम्बाको मात्र राजस्व उठाएको हो।

प्रति केजी ३० हजारका दरले यार्सागुम्बाको राजस्व उठाउने गरिन्छ। विगतका वर्षहरुमा पञ्चवर्षिय योजना बनाएर यार्सागुम्बाको राजस्व उठाउने गरिन्थ्यो। तर गएको आर्थिक वर्षमा कुनै पनि योजना नबनाइएको र सेतो चिनीको मुद्दा परेकाले पनि समस्या आएकोले राजस्वमा गिरावट आएको वन अधिकृत क्षेत्रीले बताए।

हिमाली जिल्ला डोल्पामा १० क्वीन्टल भन्दा बढी यार्सागुम्बा पाइने तथ्याङ्क छ । तर वर्षेनी पाटनहरुमा बढ्दो मानवीय चाप पशु वस्तुको पहुँच यार्सा पाटनमै बढ्नु र पर्यावरणीय वातावरणमा प्रतिकुल असर पर्दै जानुलगायत बढि हिमपातले गर्दा पनि विगतको तुलनामा यार्सागुम्बाको उत्पादनमा ह्रास आएको पनि वन अधिकृत नरबहादुर क्षेत्रीले बताए।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad