८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लव माओवादी निकट १५ जना पक्राउ

चितवन- विप्लव नेतृत्वको नेकपा माओवादीका १५ जना कार्यकर्ता आज यहाँ पक्राउ परेका छन् । महँगी, कालोबजारी र भ्रष्टाचारको विरोध गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, नारायणगढको पुल्चोकबाट छ जना र पूर्वी चितवनको खैरहनीबाट नौ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो ।

जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार पक्राउ पर्नेमा जिल्ला सचिवालय सदस्यहरु लोकराज पाण्डे, पुरन राई, कृष्ण बराल, रघुवीर शेर्पा, रमेश लामिछानेसहित १५ जना छन् । रासस

 

प्रकाशित: २५ कार्तिक २०७३ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App