बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

बिहिबार, २३ साउन २०७६, १५ : ४५ शेरबहादुर जेरो

ओखलढुंगा– किशोरी बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक प्रहरी जवान पक्राउ परेका छन्। प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका हुन्।

स्थानीय १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप उनीमाथि छ। सप्तरी घर भएका प्रहरी जवान यादवले मंगलबार घाँस काट्न गएकी किशोरीलाई जंगलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ।

यादवले जबर्जस्ती करणी गरिरहेका बेला किशोरीका बुबाले फेला पारेपछि घटना बाहिर आएको हो। यादवले यसअघि पनि ती किशोरीलाई जंगलमै घाँस काट्न गएको समयमा बलात्कार गरेको आरोप लगाइएको छ।

आरोपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले बताए। जिल्ला अदालत ओखलढुंगाबाट म्याद थप गरी अनुसन्धान थालिएको उनको भनाइ छ। यादवले गल्ती गरेको भए कडा कारबाही गर्ने प्रमुख मल्लको भनाइ छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad