कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

बिहिबार, २३ साउन २०७६, १३ : २४ नागरिक

वालिङ - स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ।  गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताए। 

कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको मापदण्डका आधारमा चार तहमा वर्गीकरण गरी सबैलाई परिचयपत्र प्रदान गरी परिचयपत्रकै आधारमा अनुदान उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख अधिकारीले बताए। नगरपालिकाले व्यावसायिक, व्यावसायिक उन्मुख, साना किसान र निर्वाहमुखी किसान गरी कृषकलाई चार तहमा वर्गीकरण गरिएको गल्याङ नगरपालिकाअन्तर्गत कृषि शाखा प्रमुख सुशील अर्यालले बताए। शाखा प्रमुख अर्यालका अनुसार व्यावसायिक कृषकका लागि कम्तीमा पनि ५० वटा दुधालु माउ पशु वा ५० वटा बाख्रा र दश रोपनी जमीनमा व्यावसायिक उत्पादन गर्ने वा १० वटा टनेलमा व्यावसायिक कृषिखेतीमा संलग्न भएको हुनुपर्नेछ।
 
    त्यसैगरी व्यावसायिक उन्मुख कृषकको हकमा कम्तिमा २० देखि ४९ वटा दुधालु भैँसी वा गाई, २० देखि ५० वटा बाख्रा वा तीन रोपनीमा व्यावसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषिखेती गर्ने किसान यसअन्तर्गत पर्ने मापदण्ड तोकिएको छ। साना किसानअन्तर्गत पाँचदेखि १९ वटासम्म दुधालु पशु वा सोही सङ्ख्यामा बाख्रा वा बढीमा तीन रोपनीसम्म जमीनमा व्यावसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषिखेती गर्नेलाई समावेश गरिएको छ भने निर्वाहमुखीमा पाँच वटासम्म दुधालु पशु, एक रोपनीभन्दा कम क्षेत्रफलमा खेती गरेको र बढीमा १५ वटासम्म बाख्रा पालेको कृषकलाई समावेश गरिएको शाखा प्रमुख अर्यालले बताए।

“नगरपालिकाले बनाएको मापदण्डका आधारमा किसान जुनजुन तहमा पर्नुहुन्छ सबैलाई सोहीअनुसारको परिचयपत्र प्रदान गर्ने छौँ”, शाखा प्रमुख अर्यालले भने, “अब यसलाई जतिसक्दो छिटो कार्यविधि बनाएर तहअनुसारको अनुदान उपलब्ध गराउने तयारीमा छौँ। ” नगरपालिकाभित्रबाट दैनिक पाँच हजार दूध उत्पादन गर्ने गरी रणनीति बनाइएको छ भने गेँडागुडी तथा कोदोजन्य खेतीलाई प्रोत्साहन गर्दै उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।

नगरपालिकाले गाई भैँसी खरीद गर्न गोठ तथा भकारो निर्माण एवं मेशिन खरीदका लागि ५० प्रतिशतसम्म किसानलाई अनुदान उपलब्ध गराउने र दूध बिक्रीमा प्रतिलिटर रु १५ सम्म अनुदान दिने नीति अगाडि सारेको कृषि शाखाले जनाएको छ।






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad