१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दैनिक दश जनाले गर्छन झुण्डिएर आत्महत्या

काठमाडौं – नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर झुण्डिएर मात्र दश जनाले आत्महत्या गर्ने गरेका छन्। प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता तथा डीआइजी विश्वराज पोखरेलले पछिल्लो ६ वर्षमा २१ हजार ५ सय २ जनाले झुण्डिएर आत्महत्या गरेको बताए।

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा  मात्र ४ हजार ३ सय १२ जनाले झुण्डिएर आत्महत्या गरेका हुन्। त्यस्तै, आर्थिक वर्ष ०७०/७१ मा ३  हजार ८०, ०७१/ ७२ मा ३ हजार १ सय १५ ,०७२/७३ मा ३ हजार ३ सय ७६, ०७३/७४ मा ३  हजार ७ सय ६१  र०७४­/०७५ मा ३ हजार ८ सय ६८ जनाको विष सेवनबाट ज्यान गएको हो।

पछिल्लो समय मानिसको बदलिँदो जीवनशैलीका कारण पनि झुण्डिएर आत्महत्या गर्ने गरको प्रहरी प्रवक्ता पोखरेलको भनाइ छ। ,‘सफलताको तीव्र आकांक्षामा असफल भएपछि मानिसले आत्महत्याको बाटो रोज्ने गरेका छन्। जसमा कतिपयले झुण्डिएर आत्महत्या गर्ने गरका छन्।,’ उनले भने,‘ उनले भने,‘ आत्महत्याको अर्थ स्वयंलाई मार्नु भन्ने हो । प्रत्येक आत्महत्या व्यक्तिगत समस्याका कारण हुने गर्छन् । व्यक्तिले विभिन्न अपेक्षाहरु पालेको हुन्छ र ती अपेक्षाहरु पूरा होऊन भन्ने चाहन्छ । ती अपेक्षाहरु पूरा नभएपछि आत्महत्याको बाटो रोज्छन्।’

मनोविदका अनुसार युवा–युवतीवीच प्रेम सम्वन्ध भयो, उनीहरु बिहे गर्न चाहान्छन् तर समाजले जातको नाममा, धर्मको नाममा, वर्गको नाममा वा यस्तै कुनै बहानामा उनीहरुलाई बिहे गर्ने अनुमति दिँदैन । सँगै मर्ने, सँगै जीउने बाचाका साथ प्रेम गरेको युगल जोडी छुट्टिनु पर्दा युवा वा युवती वा दुवै आत्महत्याको तहमा पुग्छन् । अभिभावकहरुको अनुपस्थितिमा जीवनलाई नबुझ्दै गर्ने ‘लिभिङ् टुगेदर रिलेसनसिप’मा धोका र अपरिपक्व अवस्थामा रहेको अवैध गर्भाधारणले युवायुवतीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको तथ्य प्रहरीको अभिलेखमा उल्लेख छ।

पछिल्लो अवस्थामा नेपाली समाजमा आत्महत्याका कारणहरु हेर्दा, सामाजिक सञ्जाल र सञ्चार उपकरणहरुको दुरुपयोग अर्को महत्वपूर्ण कारण भएको छ । सञ्चार उपकरणबाट एक आपसमा जोडिँदै जाँदा प्रेम सम्वन्धसम्म पुग्ने, पछि परिवारका कारण छुट्टिने अवस्था आउने वा धोका पाउने, बालबिवाह र बहुबिवाह बढी हुने, ढाँटेर अर्को बिवाह गर्ने जस्ता घटनाहरु हुँदै जाने र अन्ततः आत्महत्याको तहमा पुग्ने गरेको मनोविज्ञहरुको भनाइ छ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार बिश्वमा प्रत्येक वर्ष करीव ८ लाख मानिसले आत्महत्या गर्छन । यस आधारमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको हुन्छ । नेपालमा आत्महत्या गर्नेहरुमध्ये करीव ७२.३७ प्रतिशतले झुण्डिएर आत्महत्या गर्छन् । आर्थिक अवस्था कमजोर भएका र मध्यम आर्थिक अवस्था भएका मुलुकहरुमा यो समस्या बढी देखिए पनि विश्वभरि नै समस्याका रुपमा रहेको छ ।

प्रकाशित: २३ श्रावण २०७६ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App