७ वैशाख २०८१ शुक्रबार
समाज

नुवाकोटमा वृद्ध दम्पत्तिको हत्या

त्रिशूली- नुवाकोटको लिखु गाविसमा एक वृद्ध दम्पतीको गएराति हत्या भएको छ । जिल्लाको पूर्वी भागमा पर्ने लिखु-२ मजुवा माथिल्लो टोलका ७० वर्षीय धनबहादुर तामाङ र उनकी श्रीमती ६५ वर्षीया कान्छी तामाङको बुधबार राति ९ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

तामाङ दम्पतीको छिमेकी २४ वर्षीय रवि तामाङले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपी रविलाई प्रहरीले गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सिक्रेको नियन्त्रणमा राखिएको छ ।

आपसी झैझगडामा मुक्का र ढुङ्गाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । अहिले बिहान जिल्लाबाट गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पतालमा ल्याउन लागेको छ । हत्याको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २५ कार्तिक २०७३ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App