coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राहत सामग्री पनि चोरी !

गाेरखा– रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ। नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९, टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी रहेकोे उनले बताए। पक्राउ परेकाहरुको कोठाबाट चोरी गरिएको सामग्रीसमेत बरामद गरिएको डिसपी नेपालले जानकारी दिए। 

गएको असार २६ गते रेडक्रसले वितरण गर्न राखेको कम्मल, त्रिपाल, ब्ल्याङकेट, रेनकोट, स्लिपिङब्यागलगायतका करिब दुई लाख ५० हजार रूपैयाँ बराबरको सामग्री कार्यालयबाटै चोरी भएको थियो। पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २३ श्रावण २०७६ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App