७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘म एक्सनमा जान्छुः उद्योगमन्त्री जोशी

काठमाडौं–उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयका अनियमितता हुने गुनासो आएपछि उद्योगमन्त्री नविन्द्रराज जोशीले बिहीबार निरीक्षण गरेका छन्। ठिक १० बजे मन्त्री जोशी पुग्दा कम्पनी रजिष्ट्रार कार्यालय सुनसान थियो। रजिष्टार प्रेम कुमार श्रेष्ठसहित कर्मचारी उपस्थित थिएनन् भने विभागमा पनि न्यून उपस्थिती रहेको थियो।

ती निकायको अनुगमनपछि उद्योगमन्त्री जोशीले एक्सन लिने बताए। ‘केही गुनासो आएकोले निरीक्षण गरेको हुँ,’ जोशीले भने, ‘गुनासा सबै बुझेको छु । अब म एक्सन लिन्छु ।’ कर्मचारी नसच्चिए कारबाही गर्ने संकेत गरेका छन्। ती कार्यालयमा उद्योगी, व्यवसायी, सर्वसाधरणलाई दुःख दिएको गुनासो आएपछि मन्त्री आँफै अनुगमनमा निस्किएका हुन् ।

 

प्रकाशित: २५ कार्तिक २०७३ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App