coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

व्यवस्थित हाटबजार नहुँदा किसानलाई समस्या

तस्बिर हाट बजारमा तरकारी बिक्रि गर्दै किसान। तस्बिरः दिनेश नागरिक

रोल्पा - व्यवस्थित हाट बजार नहुँदा पश्चिम रोल्पाका किसानलाई उत्पादित तरकारी बेच्न समस्या भएको छ। किसान आफैले बनाएको टहरो समेत अपुग भएपछि उनीहरुलाई तरकारी बेच्न समस्या भएको हो। हाट बजारमा गतिलो टहरा नुहँदा तरकारी भिज्ने र मुल्य नपाउने समस्या रहेको कृषकहरुको गुनासो छ। 

सातामा दुई दिन त्रिबेणी ४ निगालपानीको हाट बजारमा करिब एक हजार क्वीन्टल तरकारी बिक्रि हुने गरेको हाट बजार ब्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बुढामगरले बताए।  यहाँबाट टमाटर, बन्दा, काउली, काक्रो, खुर्सानी, बोडी, सिमी, गाजर, मुला, भेडे खुर्सानी र साग लगायतका तरकारी निर्यात हुन्छ।  निगालपानी आसपासका किशानहरुले हाटबजारसम्म डोकोमा बोकेर तरकारी ल्याउने गर्दछन् भने यहाँबाट ब्यापारीहरुले दर्जनौ गाडीमा उक्त तरकारी दाङ, बुटवल, नेपालगञ्ज, महेन्द्रनगर, नारायनघाटसम्म लैजाने गर्दछन।

समितिका अध्यक्ष बुढामगरका अनुसार बर्षेनी हजारौ क्वीन्टल तरकारी उत्पादन गर्ने यो क्षेत्रमा रहेको हाट बजारमा गतिलो टहरा र वरपर ढलान नहुदा असाध्यै समस्या परेको छ।  ‘जिल्लामा हरेक वर्ष कृर्षि अनुदानका नाममा लाखौ रुपैया खर्च हुन्छ। तर बास्तविक किसानका समस्याका बारेमा कसैले ध्यान दिएको छैन।  पानी पर्दा किशानलाई हैरान हुन्छ। ’ उनले भने।

पोहर यो सिजनमा तरकारीबाट चारलाख बढी आम्दानी गरेका २६ वर्षिय लक्षिराम घर्तीले यस वर्ष ३ दिनको हाट बजारमा एकलाख ५० हजार बढीको तरकारी बेचेको बताउँछन्।  उनि भन्छन् ‘तरकारी अझै टन्नै छ।  मुल्य पनि राम्रो पाएका छौ।  तर हाट बजार व्यवस्थित भएन।  बास्तविक किसानलाई राज्यले कहिल्यै नहेर्ने भयो।’ उनका अनुसार सामान्य खेतिपाति गर्नेले पनि यो सिजनमा दुई तीन लाखको तरकारी बेच्ने गरेका छन।

तीनै तहका सरकारले कुनै पनि सहयोग नगरेको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष बुढनमगरले बताए।  ‘पोहर गाउँपालिकाले अनुदानमा बिउ बिजन र सामान्य तालिम दिएको बाहेक अरु कतैबाट सहयोग छैन।  रोल्पाली नेता बर्षमान पुन आउदा समेत ज्ञापन पत्र दिइएको हो।  पटक पटक भनेका छौ। तर समस्या समाधानमा कसैले चासो दिएका छैनन्।  ब्यापारीले पनि कहिले काहि मनलाग्दी मुल्य गर्छन्।

जताबाट पनि कृषक मारमा छन। ’ उनका अनुसार ‘कृर्षि कार्यालयले ४ वर्ष अगाडि दुइवटा टहरा बनाएको बाहेक अरु केहि सहयोग गरेको छैन।  तरकारी भिज्यो भने मुल्य पाउदैन।  त्यसैले कम्तिमा छानो त चाहियो नि। ’ उनले भने।
त्यसो त रुन्टीगढी गाउँपालिकाको दहबनमा पनि नियमित हाटबजार लाग्छ।  त्यहाँको समस्या पनि उस्तै छ।

प्रकाशित: २३ श्रावण २०७६ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App