coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

विमानस्थल स्तरोन्नति ८६ प्रतिशत

काठमाडौं - देशभर स्तरोन्नतिका क्रममा रहेका ३७ विमानस्थलको भौतिक प्रगति ८६ प्रतिशत पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार निर्माणाधीन विमानस्थलको काम चाँडै सक्ने गरी भइरहेकोे छ। विमानस्थल स्तरोन्नतिका लागि यस वर्ष विनियोजित बजेटको ५९ प्रतिशत खर्च भएको बताइएको छ। केही विमानस्थलको काम सकिइसकेको र केही सम्पन्न हुने चरण रहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अहिले विभिन्न विमानस्थलको धावनमार्ग, ट्याक्सी–वे, एप्रोन, एप्रोच रोड, पेरिफेरी रोड, मार्किङ तथा ड्रेनेज लगायत काम चालु छ। केही विमानस्थलले काम सम्पन्न गरिसकेको उनले बताए।

प्राधिकरणका अनुसार विराटनगर विमानस्थल स्तरोन्नतिका लागि छुट्ट्याइएको करिब ११ करोड रुपैयाँमा एप्रोन सुधार तथा विस्तार कार्य, फायर सेड, टर्मिनल भवन निर्माण सम्पन्न भएको छ। दुई करोड ३१ लाख बजेटमा भरतपुर विमानस्थलमा रनवे ट्याक्सी वे, एप्रोन ओभरलेको काम चालु छ। यसको च्यानलिङ फेन्सिङ सकिएको छ। दुई करोड ६६ लाख बजेटमा जोेमसोम विमानस्थल स्तरोन्नतिको काम पनि सकिएको छ।
दुई करोड २९ लाख रुपैयाँ बजेटमा डोल्पाको मसिनेचौर विमानस्थल निर्माण सम्पन्न भएको छ भने पाँच करोड ५३ लाख लागतमा हुम्लाको सिमकोट विमानस्थलको एप्रोन सुधार तथा विस्तार, हेलिप्याड तथा च्यानलिङ निमार्ण सकिएको छ।

मुगुको रारा विमानस्थलमा चार करोड ५६ लाख रुपैयाँ लागतमा नयाँ टर्मिनल भवन, कन्ट्रोल टावर तथा च्यानलिङ फेन्सिङका लागि टेन्डर आह्वान भएको छ। बहुवर्षे आयोजाअन्तर्गत यो विमानस्थलमा टेवा पर्खाल र च्यानलिङ निर्माण सम्पन्न भएको छ। डोट विमानस्थलमा धावन मार्ग, ट्याक्सी वे, एप्रोन निमार्ण सकिएको छ। यसको बजेट चार करोड रुपैयाँ थियो। को लगानीमा विमानस्थलको  कार्य सम्पन्न गरेको छ।  

झण्डै चार करोडको लगानीमा धनगढी विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत सब बेस निर्माण सम्पन्न भएको छ। त्यसैगरी, फायर भेहिकल व्यवस्थापनको लागि पुरानो टर्मिनलमा फायर सेड, एक्सेस रोड लगायतको निर्माण कार्य सुरु भएको छ। फाल्गुनन्द विमानस्थलमा धावनमार्ग, ट्याक्सी–वे कालोपत्रे, एप्रोन ग्राभेलिङ बायोइन्जिनियरिङ तथा फेन्सिङ कार्य सकिएको छ। बहुवर्षीय आयोजना अन्र्तगत उक्त स्तरोन्नतिको लागि कुल चार करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो।

त्यस्तै, बहुवर्षे आयोजना अन्तर्गत चन्द्रगढी विमानस्थलमा फेन्सिङ तथा खोला डाइभर्ट गर्ने काम सम्पन्न भएको छ। फेन्सिङ र सुरक्षा गार्ड आवास निर्माण, एप्रोन तथा अग्नि नियन्त्रक रोड निर्माण सुरु भएको छ। उक्त कार्य चार करोड ५४ लाख रुपैयाँको लागतमा अघि बढाइएको छ।
शतप्रतिशत काम सम्पन्न गर्ने विमानस्थलमा थामखर्क (चार करोड), फाप्लु (तीन करोड ३० लाख बजेट), जोमसोम (दुई करोड ६६ लाख), चौरजहारी (१० लाख), रोल्पाको वडाचौर (तीन करोड ५३ लाख), जुम्ला र डोल्पाको जुफाल छन्।
प्राधिकरणका अनुसार सिनामंगलमा निर्माणाधीन प्रधान कार्यालय भवनको पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा र दोस्रो चरणको ठेक्का प्रक्रियामा छ।

सानोठिमीमा निर्माणाधीन बहुवर्षे ओजनाको एटिसी भवन निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ। त्यस्तै, वार्षिक लक्ष्य बमोजिम चुहानडाँडा, धरान, गुदेल, मदनाखोला, प्युठान, पाल्पाको रामपुर, सुर्खेतको रामघाट, मकालु, भोजपुरको पूर्णेडाँडा र पाँचथरको रानीटार विमानस्थलको परामर्श कार्य सकिएको छ।

प्रकाशित: २३ श्रावण २०७६ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App