coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंकरको असहमति, पुनरावलोकन गर्न माग

काठमाडौं – राष्ट्र बैंकले ब्याजदर गणनालगायत विषयमा गत सोमबार वाणिज्य बैंकहरुलाई पठाएको निर्देशनप्रति बैंकरहरुले असहमति जनाएका छन्। वाणिज्य बैंकहरुको संस्था नेपाल बैंकर्स संघमा बुधबार बैंकरहरुबीच भएको छलफलपछि राष्ट्र बैंकको निर्देशनप्रति असहमति जनाउँदै परिवर्तन गर्न माग गरिएको हो। संघले राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा आए बैंकहरुको आम्दानी २५ प्रतिशतसम्मले घट्ने बताएको छ।

‘राष्ट्र बैंकको परिपत्रमा उल्लेख गरिएका केही बुँदाले समग्र अर्थतन्त्र तथा बैंकिङ क्षेत्रमा दीर्घकालीन रुपमा नकारात्मक असर पार्ने देखिएकाले यसमा संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

औसत ब्याजदर अन्तर गणना विधिमा गरिएको परिवर्तनले बैंकिङ क्षेत्रको करिब ३० अर्ब रुपैयाँ नाफामा संकुचन आउने बताइएको छ। यसको प्रभाव आयकर, सेयर बजार र कर्जा लगानीमा पर्ने दाबी गरिएको छ।

यस्तै, परिपत्रअनुसार कान्उटर साइक्लिकल बफर दुई प्रतिशतले वृद्धि गर्दा बैंकहरुले कायम गर्नुपर्ने पुँजीकोष अनुपात ११ प्रतिशतबाट वृद्धि भई १३ प्रतिशत पुग्ने दाबी गरिएको छ। संघका अनुसार यो सीमा कायम गर्दा एक खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने रकम घट्न पुग्नेछ। उक्त परिपत्र लागू भए बैंकहरुले जारी गर्दै आएको बैंकास्योरेन्स बन्द हुने र यसको प्रभाव सर्वसाधारणको बिमा पहुँचमा पुग्ने संघको भनाइ छ।

 

प्रकाशित: २३ श्रावण २०७६ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App