coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुनको भाउ एकै दिन १३ सय बढ्यो

काठमाडौं- अमेरिकी राष्ट्रपतिको निर्वाचनले डलर कमजोर हुनासाथ सुन बजार प्रभावित भएको छ। राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प बुधबार विजयी भएका छन्। यस दिन सुनको भाउएकै दिन तोलामा१ हजार ३ सय रुपैयाँले बढेको हो।

नेपाली बजारमा छापावाल सुनको भाउप्रति तोलाको ५६ हजार ९ सय रुपैयाँबाट बढेर ५८ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि तोलामा ८ सय २५बाट २० रुपैयाँ बढेर ८ सय ४५ रुपैयाँ पुगेको छ।

विश्व राजनीतिले यो वर्ष सुनको बजार मूल्य उथलपुथल भएको छ। गतअसार १० गते (जुन २४)बेलायत युरोपेली युनियन (इयु) बाट अलग्गिने निर्णय हुँदा सुनको भाउएकै दिन ३ हजार रुपैयाँ बढेर ५६ हजारबाट ५९ हजार रुपैयाँ पुगेको थियो।

त्यसपछि क्रमशः घटेको भाउ बुधबार अचानक बढ्यो। 'अमेरिकी राष्ट्रपतिमा ट्रम्पले अग्रता लिएपछि डलर कमजोर हुनासाथ नेपाली बजारमा सुनको मूल्यएकै दिन १३सय रुपैयाँ बढ्यो,' महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने, 'डलरको भाउ घटेपछि सबैको आकर्षण सुनमा बढेको देखिन्छ।'

हजार र ५ सयको भारतीय नोट नचलाउने भारत सरकारको निर्णयले पनि नेपाली सुन बजारमा असर परेको उनले बताए। 'तीनोटमा प्रतिबन्धपछि भारतीयले पनि सुनमा लगानी गर्न थालेका छन्,' शाक्यले भने, 'भारतीय बजारमा सुनको माग बढेकोले त्यसको असर यहाँ देखिएको छ।'

अमेरिकी राजनीतिक घटनाक्रमले सुनको भाउमा विश्वभर तरंग फैलाएको छ। बुधबार नेपाली बजारमा सुनको भाउ बढेपनि बिहीबार के हुन्छ भन्ने यकिन नभएको महासंघले जनाएको छ। नेपाली बजार खुलेपछि अमेरिकी बजार बन्द भइसकेकाले अनुमान लगाउन कठिन भएको महासंघले जनाएको छ। मत गणनामा राष्ट्रपतिका प्रत्यासी हिलारी क्लिन्टनले अग्रतालिँदा सुनको भाउ घट्ने र ट्रम्पले अग्रता लिँदा बढेकाले सुन बजार कसरी अगाडि बढ्छ यकिन गर्न कठिन भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।

'बुधबार दिनभर सुनको भाउ भोलाटाइल (विस्फोटक) भइरहेको छ,' शाक्यले भने, 'निर्वाचनको परिणाम आइसक्दा अमेरिकी बजार बन्द भइसकेकाले के हुन्छ यसै भन्न सकिने अवस्था छैन।' बुधबार सुनको भाउप्रति औंस १हजार ३ सय ४० डलर पुगेकामा फेरि घटेर १ हजार २ सय २ डलरमा झरेको थियो।

डलर कमजोर हुँदा लगानीकर्ता सुनमा आकर्षित भएका हुन्। सुनमा लगानीकर्ता बढेपछि मूल्य एक्कासि उकालो लागेको हो। सुनको भाउनिकै अस्थिर भएकाले १-२ दिन किनबेच गर्नु उपयुक्त नभएको पूर्वअध्यक्ष शाक्यले बताए। 'बजारमा उतारचढाव आएको अस्थिर अवस्थामा किनबेच नगर्न हाम्रो सुझाव छ,' उनले भने, 'सुन बजार कता जान्छ भन्ने निश्चित नै छैन।' बुधबार दिनभर सुनको भाउ तलमाथि भएको उनले जानकारी दिए। 'अमेरिकी बजार खुलेपछि कता जान्छ भन्ने थाहा हुन्छ,' उनले भने। भाउ बढेपछि नेपाली बजारमा सुन बेच्ने बढे पनि किन्नेको संख्यानिकै घटेको उनले बताए। 'बजारमा बेच्ने बढेको देखिन्छ,' उनले भने, 'तर किन्नेको संख्या अत्यन्तै कम छ।'

भारतको राजधानी नयाँ दिल्लीको फुडस्टलमा बुधबार ५ सयको भारु नोट लिइदिन अनुरोध गरिरहेका एक ग्राहक। भारत सरकारले कालो धन चोख्याउन नदिन ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेपछि भारतीय सर्वसाधारण अन्योलमा परेका छन्।

प्रकाशित: २५ कार्तिक २०७३ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App