७ वैशाख २०८१ शुक्रबार
समाज

जागिर लगाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

काठमाडौं- विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा जनकपुर बस्ने सप्तरी राजविराज नगरपालिका–९ घर भएका आसुतोषकुमार आस (कर्ण)लाई बल्खुबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो।
    सप्तरी घर हुने दिपेन्द्र यादवले जागिर खान फर्म भरेकोमा कर्णले आफु विद्युत प्राधिकरणको छैठौं तहको कर्मचारी भएको, रिजल्ट तयार गर्ने म नै हो र पास गराउने भए १० लाख रुपैयाँ चाहिन्छ भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ।  यादवलाई विश्वास दिलापछि उनले पटक–पटक गरी १० लाख रुपैयाँ आसुतोषको नाममा आइएमई गरी पठाएका थिए।
रकम पठाएपछि आसुतोष सम्पर्क विहीन भएका थिए। पीडितले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि अनुसन्धान गर्दै जाँदा महाशाखाको विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरी ठगी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको जनाएको छ।

 

प्रकाशित: १४ असार २०७३ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App