६ वैशाख २०८१ बिहीबार
समाज

पोखराको हङकङबजारमा आगलागी

पोखरा- पोखराको पृथ्वीचोकमा रहेको हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ । राति १० बजेको समयमा अचानक भएको आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा सो क्षति भएको हो ।

आगलागीबाट २३ वटा पसल पूर्णरुपमा क्षति भएको र सातवटा पसलमा आंसिक क्षति पुगेको छ भने आगो नियन्त्रणका क्रममा कतिपय अन्य पसलका सामानमा समेत क्षति पुगेको बताइएको छ ।

बजारको सुरक्षार्थ खटिएका गार्डले खबर गरेपछि बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि आगो नियन्त्रणमा आएको बजार सञ्चालक मिलनप्रसाद तिवारीले बताए रासस

प्रकाशित: २५ कार्तिक २०७३ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App