७ वैशाख २०८१ शुक्रबार
खेल

विल्सन र ग्रिनल्यान्ड क्वार्टरफाइनलमा

काठमाडौं – विल्सन एकेडेमी र ग्रिनल्यान्ड आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

विल्सनले आयोजक ग्रिनफिल्डलाई २२–९ ले पराजित ग¥यो। विल्सनको जितमा प्रशंसासिंह ठकुरीले ६ अंक योगदान गरिन्। सुजाता क्षत्रीको ४ अंक सहयोगमा ग्रिनल्यान्डले काठमाडौं जेभियरलाई १२–१ हरायो। एलआरआईले स्वप्न वाटिकालाई २३–८ ले पाखा लगायो। एलआरआईकी सोनिया गुरुङले १४ अंक जोडिन्।

जुनियर ब्वाइजमा एन्जल्स हर्टले ग्रिन लन्सलाई २१–९ तथा स्वप्न वाटिकाले पिपुल्स एकेडेमीलाई १९–१२ ले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। एन्जल्स हर्टका शेखर मगरले १० तथा स्वप्न वाटिकाका अर्पण राईले ८ स्कोर गरे। सिनियर ब्वाइजमा ज्ञान निकेतनले नेपालयलाई ६६–४०, पुष्पसदनले लोक आदर्शलाई ३६–२९ र ग्रिनल्यान्डले न्यु जेनिथलाई ४१–३० ले निराश पार्दै प्रिक्वार्टरफाइनलमा पुगेका छन्।

ज्ञान निकेतनका सम्राट भूमिले २९, पुष्पसदनका कर्मा गुरुङले १५ र ग्रिनल्यान्डका राजीव आले मगरले १० स्कोर गरे। सिनियर ब्वाइजकै अन्य लिगमा विल्सनले ग्रिन लन्सलाई ३९–२६ तथा काठमाडौं जेभियरले एलाइट को–एडलाई ३८–२७ ले पराजित गरे। विल्सनका विनोद सेनले २४ तथा काठमाडौं जेभियरका प्रशान्त चाहरले ११ अंक बटुले।


 

प्रकाशित: २३ श्रावण २०७६ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App