coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सविना र गोविन्द सम्मानित

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले वर्षको उत्कृष्ट खेलाडीका रूपमा सविना श्रेष्ठ र गोविन्द खत्रीलाई सम्मानित गरेको छ।ललितपुरको मानभवनस्थित ललित पार्टी भेन्युमा महासंघले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी खत्री र गुल्मीकी सबिना श्रेष्ठलाई समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्षखेलाडी २०७५ बाट सम्मानित गरिएको थियो। खेलाडीसँगै समान १ प्रशिक्षक, जिल्ला संघ र इन्स्ट्रक्टरलाई सम्मान गरिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ अध्यक्ष अञ्जन धमलाले बताए।

सम्मानित भएका गोविन्दले बागलुङमा सम्पन्न प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए। सबिनाले भने सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिता र मलेसियामा भएको एसिया प्यासिफिक आइटिएफ तेक्वान्दो च्याम्पियनपसिपमा स्वर्ण जितेकी थिइन्। सोही नतिजाको आधारमा उनीहरूलाई सम्मान गरेको महांघकी महासचिव अञ्जु रावतले जानकारी दिइन्।

चार दिनसम्म चल्ने महासंघको कार्यक्रमअन्तर्गत सम्मान कार्यक्रममा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक उमेश राजथला ७ हजार नगद पुरस्कारसहित वर्षप्रशिक्षकबाट सम्मानित भए। गत आठौं खेलकुदमा आर्मीको टोली च्याम्पियन हुँदा २८ मध्ये १६ स्वर्ण पदक जित्न सफल भएको थियो।

लामो समयदेखि खेलाडी उत्पादनमा सक्रिय भएका विजय श्रेष्ठलाई उत्कृष्ट इन्स्ट्रक्टरबाट महासंघले सम्मानित ग¥यो। श्रेष्ठ महासंघका उपाध्यक्षसमेत हुन्। सोही अवसरमा उत्कृष्ट जिल्लाबाट रोल्पा तेक्वान्दो संघ सम्मानित भयो। रोल्पाले गत वर्ष राष्ट्रिय र क्षेत्रीय स्तरका प्रतियोगिता तथा सेमिनार गर्न सफल हुँदा विकट जिल्लाबाट पनि उत्कृष्ट खेलाडी उत्पादन गरेको थियो।

उनीहरूलाई पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासंघका अध्यक्ष अञ्जन धमला र उपाध्यक्ष प्रवीण कार्कीलगायतले सम्मानित गरेका थिए। मंगलबारबाट सुरु भएको २२औं वार्षिकोत्सव समारोह शुक्रबारसम्म चल्नेछ। सो अवसरमा महासंघले पहिलो, दोस्रो र तेस्रो श्रेणी कालो पेटीका परीक्षाका साथै सामाजिक सेवासमेत गर्ने जनाएको छ।

वर्ष पुरस्कारबाट सम्मानित खेलाडी सबिना श्रेष्ठ (बायाँबाट पहिलो), इन्स्टक्टर विजय श्रेष्ठ, नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठ,रोल्पाका प्रतिनिधि, प्रशिक्षक राजथला र पुरुष खेलाडी गोविन्द खत्री। तस्बिरः नागरिक

 

प्रकाशित: २३ श्रावण २०७६ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App