७ वैशाख २०८१ शुक्रबार
समाज

विभिन्न कार्यक्रम गरी फाल्गुनन्द जयन्ती मनाइदै

पाँचथरको लोब्रकुटीमा रहेको फाल्गुनन्दको प्रतिमा।

पाँचथर–नेपालका १६ औँ राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्दको १ सय ३२ औँ जन्म जयन्ति आज विभिन्न कार्यक्रम  गरेर मनाइँदै छ। पूर्व, भारतको  सिक्खिम दार्जेलिङ नेपाल तथा विदेशका विभिन्न भू–भागमा विशेष पूजा आरधना गरी फाल्गुनन्द जयन्ति मनाइँदै छ। पूर्वको लिम्वुवानी समाजकका सुधारक, मुन्धुम (लिम्बू जातीको वेद) को संरक्षण कर्ता ,ध्यानी योगी तथा धार्मिक अगुवाका रुपमा फाल्गुनन्दलाई चिनिन्छ। नेपालका सोह्रौं राष्ट्रिय विभूति रहेका फाल्गुनन्दले धार्मिक प्रचलन निर्माणको काम गरेकोले महागुरु समेत भन्ने गरिन्छ।

उनीसँग जोडिएका विभिन्न किन्वदन्तीसमेत पाइन्छ। झट्ट सुन्दा अचम्म लाग्ने खालका काम पनि उनले गरेका उनीसँग अद्भूत दैविक शक्ति रहेको विश्वास गरिन्छ। अध्यात्मिक क्षेत्रको विकासमा अमूल्य योगदान गरेका फाल्गुनन्दले पूर्वीय समाजको सुधारका लागि सात बुँदे सत्य धर्म मुजुल्का समेत बनाएका थिए।
विंस १९४२ साल कातिक २५ गते जन्मिएका फाल्गुनन्दको जन्म जयन्तिको अवसरमा पाँचथरको लोबे्रकुटी, सिलौटी, इलाको लारुम्बा, झापाको दमक, तेह्रथुमको अठाराई ,

धनकुटा, ताप्लेजुङ लगायतका ठाँउमा विभिन्न कार्यक्रम राखिएका छन्। समाज सुधारक महागुरुको सम्झाना गर्दै किरात बाहेकका जातिहरुले पनि जयन्ति मनाउँदै छन्। धार्मिक पूजापाठ, अनुष्ठान, विभिन्न समारोहको आयोजना भएको छ। विहानैदेखि पूर्वका बासिन्दाले समाजिक सञ्जालमा फाल्गुनन्द जयन्तिको शुभकामना व्यक्त गरिरहेका छन्। महागुरु फाल्गुनन्द पृथ्वीमा पाल्नुभएको महान दिन भएकाले भव्यता साथ जयन्ति मनाइने परम्परा रहेको लोब्रेकुटी मन्दिरका पुजारी ध्रुव तुम्बापो बताउँछन्।

फाल्गुनन्दले इण्डियन लाहुरे बनेर युद्ध पनि लडेका थिए। उनले ८ वर्षको उमेरमै दैविक शक्ति प्राप्त गरेका बताइन्छ। युद्धबाट फर्किएर ध्यान, कर्म तथा धार्मिक सांस्कृतिक सुधारमा लागेको भन्ने भनाइ छ। उनले सिलौटी ,लव्रेकुटी क्षेत्रलाई कर्म थाले बनाएर ज्ञान लिने र बाँढ्ने काम समेत गरे।

नेपाल सरकारले २०६६ साल मंसिर १६ गते उनलाई विभूति घोषणा गरेको थियो। लिम्बू समुदायको संस्कारको सुधारका लागि उनले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा उनको मृत्यु भएको थियो।

‘महागुरुले समाज सुधार मात्र गरेनन् ,ज्ञानको विस्तार पनि गरे’, लामो समयदेखि महागुरुको अभियानमा सक्रिय फेजङ नरदलले भने, ‘उनीप्रतिको आँस्था यस क्षेत्रमा गहिरो रहेका छ ।’ फाल्गुन्नदले पाँचथर, इलाम, ताप्लेजुङमा ज्ञान प्राप्तिका लागि ध्यान गर्ने, मन्दिर बनाउने, समाज सुधारका लागि सचेत गराउने गरेको पाइन्छ। सरकारले फाल्गुनन्द जयन्तिमा किरात धर्म मान्नेलाई बिदा दिएको छ।

 

प्रकाशित: २५ कार्तिक २०७३ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App