coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इटालीको खेलकुद ऐनमा आपत्ति

लुसाने – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले इटालीमा हालै प्रस्तावित नयाँ खेलकुद ऐनमा आपत्ति जनाउँदै टोकियो ओलम्पिक २०२० मा इटाली ओलम्पिक कमिटी (सिओएनआई)लाई प्रतियोगितामा सहभागी नगराउने चेतावनी दिएको छ।

आइओसीले सिओएनआईका प्रमुख जियोभानी मालागोलाई सम्बोधन गर्दै लेखेको पत्रमा प्रस्तावित खेलकुद ऐन पारित भए  सिओएनआईमा इटालीको सरकार हाबी हुने उल्लेख गरिएको छ। ‘सिओएनआईले आइओसीको नियमभित्र रहेर स्वतन्त्र रूपमा कामकारबाही अघि बढाउन पाउनुगर्छ,’ आइओसीले पठाएको पत्रमा भनिएको छ।’
इटालीको संसद्मा मंगलबार ओलम्पिक कमिटीमा व्यापक हेरफेर गर्ने र नयाँ ढंगबाट सञ्चालनमा ल्याउने प्रस्ताव दर्ता गरिएको छ। इटालीका अधिकारीहरूले भने नयाँ नियमले सिओएनआईको कामकारबाही र नेतृत्वमा कुनै असर नपार्ने बताउँदै आएका छन्।

आइओसीको सदस्य राष्ट्रका ओलम्पिक कमिटीमा सरकारी हस्तक्षेप भएमा आइओसीले उनीहरूमाथि प्रतिबन्ध लगाउने वा निलम्बन गर्ने अधिकार छ। आइओसीले यस सम्बन्धमा सिओएनआईलाई बैठकका लागि बोलाएको छ। यसअघि आइओसीले २०१५ मा सरकारी हस्तक्षेप भएको भन्दै कुवेतको ओलम्पिक कमिटीलाई निलम्बन गरेको थियो। सो कारण कुवेतले २०१६ को रियो ओलम्पिक तटस्थ झन्डामुनि खेलेको थियो। सो निलम्बन गत महिना मात्र हटाइएको थियो।

 

प्रकाशित: २३ श्रावण २०७६ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App