८ वैशाख २०८१ शनिबार
खेल

निमा र अवियान विजयी

काठमाडौं – ग्यालेक्सीकी निमा शेर्पा र अवियान कश्यपले राजधानीमा जारी अन्तरस्कुल ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत यु–१४ को गल्र्स र व्बाइज स्पर्धामा बुधबार जित निकालेका छन् ।

कीर्तिपुरमा भएको खेलमा ग्यालेक्सीकी निमा शेर्पाले त्रियोग स्कुलकी अनिस्का राजवंशीलाई सोझो सेटमा पराजित गरेकी हुन् । पहिलो सेटमा ११–३ को अग्रता बनाएकी निमाले दोस्रो सेटमा ११–१ को सहज जित निकालेकी थिइन् । यस्तै बुधबार सम्पन्न अन्य खेलमा सम्भवी पालक, अनुष्का नापित, आशिका थापा, इमिक लुङ्मा लावती, समीक्षा तामाङ, सोफिया महर्जन, प्रिमा गुरुङले आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गरे ।

यु–१४ व्बाइजतर्फको खेलमा काठमाडौं मेरिडियनका अवियानले एसियन पब्लिकका अदिस कार्कीलाई सोझो सेटमा पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेका हुन् । अवियानले पहिलो सेटमा ११–८ को जित निकाल्दा दोस्रो सेट ११–७ ले आफ्नो पक्षमा पारेका थिए । यस्तै बुधबार भएका अन्य खेलमा उन्नतजङ्ग थापा, गौरव कोइराला, निकेश पोखरेल, निमादोर्जे तामाङ, सिविक जयखावा, डेभिड थापामगर, प्रयाक्त अर्यालले आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अघिल्लो चरण प्रवेश गरेका हुन् ।
प्रतियोगिताअन्तर्गत यु–१२ समूहअन्तर्गत बुधबार ब्वाइज र गल्र्स एकलमा ७ जोडीले प्रतिस्पर्धा गरे ।

प्रकाशित: २३ श्रावण २०७६ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App