७ वैशाख २०८१ शुक्रबार
समाज

सौर्य ऊर्जालाई सति गर्न सकिने प्रविधिको विकास

भक्तपुर – नेपाल ईन्जिनियरिङ कलेजका विद्यार्थीले बिना ब्याट्री लामो समयसम्म बाल्न मिल्ने बत्तीको विकास गरेका छन्।  ईन्जिनियरिङ कलेजका विद्यार्थीले बनाएको सो बत्ती बिनाब्याट्री २२ चल्न सक्छ।

कलेजका चौथौं वर्षका विद्यार्थी जजेन्द्र कासुला र विज्ञान घिमिरेले विकास गरेको सो प्रविधिलाई परिमार्जन गर्न पर्यवेक्षक शिक्षक दीपेशप्रकाश गुरागाईं र विजय श्रेष्ठको सहयोग रहेको थियो।  उनीहरुले विकास गरेको उपकरणले सौर्य उर्जामार्फत ऊर्जा सञ्चित गर्न सक्छ।  सधैंभरि एकनास नरहने सौर्य ऊर्जालाई एक पटक सुपर क्यापासिटरमा जम्मा गरेर चार्ज गरी २२ घण्टासम्म बत्ती बाल्ने प्रविधिको विकास उनीहरुले गरेको गरेका हुन्। 

चम्किलो प्रकाशमा एक मिनेट चार्ज गरेमा उपकरणलाई सुपर क्यापासिटरबाट चलाउन सकिने विद्यार्थीहरु कासुला र घिमिरेले बताए।  अझ ब्याट्रीलाई खास उपकरण डिजाइनर गरी चार्ज गर्ने र सो चार्ज सुपर क्यापासिटरमार्फत डेटा संकलन तथा प्रशारण गर्दा उपकरण २२ दिनसम्म लगातार चलाउन सकिने अनुसन्धानमा प्रमाणित भएको उनीहरुले बताए।

प्रोफेसरहरु विजय श्रेष्ठ र दीपेशप्रकास गुरागाईं तथा सचिन श्रेष्ठको निर्देशनले प्रविधिलाई चुस्त बनाउन मद्दत मिलेको अनुसन्धानकर्ता विद्यार्थीहरुले बताए।  उनीहरुले डेटा क्लाउड कम्युटिङमार्फत यो प्रविधि सम्पूर्ण क्षेत्रमा पु-याउन सकिने बताए।  मानव स्वास्थ्यको निगरानीमा पनि यो प्रविधि उपयोग हुने उनीहरुले बताए।

प्रकाशित: २३ श्रावण २०७६ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App