८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

राजधानी त्रिपोलीस्थित नियन्त्रण केन्द्र बाहिर हिँड्दै गरेका बालबालिका।

त्रिपोली – संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षलाई आग्रह गरेको छ।

लिबियामा हाल राष्ट्र संघको समर्थनप्राप्त सरकार र पूर्वीक्षेत्रमा सक्रिय विद्रोही लडाकुबीच सशस्त्र संघर्ष जारी छ। युनिसेफद्वारा जारी विज्ञप्तिमा लिबियाको दक्षिण क्षेत्रमा रहेको मुर्जुक सहरमा भएको एउटा आक्रमणमा मारिएका अधिकांश व्यक्तिमा महिला र बालबालिका परेकामा खेद व्यक्त गरिएको छ।

युनिसेफद्वारा जारी विज्ञप्तिमा लिबियाको दक्षिण क्षेत्रमा रहेको मुर्जुक सहरमा भएको एउटा आक्रमणमा मारिएका अधिकांश व्यक्तिमा महिला र बालबालिका परेकामा खेद व्यक्त गरिएको छ।

वक्तव्यमा महिला र बालबालिकासमेतका निहत्था जनतामाथि कुनै पनि किसिमबाट आक्रमण नगर्न युनिसेफ युद्धरत दुवै पक्षसँग आग्रह गर्दछ भनिएको छ। गत आइतबार मुर्जुकमा भएको हवाई आक्रमणमा ४० जनाभन्दा बढी सर्वसाधारणको ज्यान जानुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए। लिबिया सरकारले सो आक्रमणको निन्दा र भत्र्सना गरेको छ। सरकारले राष्ट्रसंघलाई सो आक्रमणको स्वतन्त्र छानबिन गरी अपराधीमाथि गम्भीर मानव अधिकार उल्लंघनको आरोपमा मुद्दा चलाउन आग्रह गरेको छ।

लिबियाली सेनाले भने सहरमा अखडा जमाएर बसेका चाडका लडाकुलाई केन्द्रित गरेर हवाई आक्रमण गरेको जनाएको छ। सेनाले मुर्जुक सहरलाई गत फेब्रुअरीदेखि नियन्त्रणमा लिइराखेको छ। गत अप्रिलदेखि लिबियाको त्रिपोलीलाई केन्द्र बनाएर भीषण युद्ध जारी छ। यसक्रममा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने पाँच हजार सात सयजना घाइते भएका छन्। युद्धबाट ज्यान जोगाउन करिब एक लाख २० हजार मानिस आफ्ना घर छाडेर अन्यत्र विस्थापित भएको राष्ट्रसंघीय अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। लिबियाली संकटमा विश्व जनमत नै पूर्वी र पश्चिमी सरकारको समर्थनमा विभाजित छ।

प्रकाशित: २३ श्रावण २०७६ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App