भोलिका कर्णधार होइनन् युवा

बिहिबार, २५ कार्तिक २०७३, १० : २७ गंगा श्रेष्ठ

युवा शक्ति परिवर्तनका संवाहक र राष्ट्र निर्माणको मेरुदण्ड हो। नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४०.३५ प्रतिशत छ। राष्ट्रका निम्ति यो ज्यादै सुखद् पक्ष हो। तर दुःखद् पक्ष, प्रतिवर्ष रोजगारीको लागि विदेशिने युवाको संख्या ५ लाख ३८ हजार छ। शासकहरु युवालाई विदेशमा बेचेर प्राप्त विप्रेषणबाट देश चलाउनमा गौरव गरिरहेका छन्। युवाहरुको विदेश पलायन रोक्न तत्काल राज्य र राजनीतिक दलहरुबाट ठोस प्रयत्न नहुने हो भने देश ५ वर्षभित्र श्रमशील युवाबिहीन बन्ने अवस्था छ। देशमा उद्योगधन्दा, कलकारखाना विकास गर्नुको साटो भएका उद्योगधन्दा बिस्तारै बन्द गर्दै लैजाने र देशका कुनाकाप्चासम्म विदेशमा उत्पादित वस्तुहरुको बिक्री वितरणलाई प्रबर्द्धन गर्ने काम भएको छ। यसरी देशमा सियोसमेत उत्पादन नहुँदा नेपाली युवाहरुले विदेशमा गएर कमाएको रेमिटेन्सको रकम विदेशी वस्तुहरुको उपभोग गरी फर्किएर सोही देशमा पुगिरहेको छ।

युवाहरुलाई भोलिको कर्णाधारका रूपमा गलत ढंगले परिभाषित गरेको देखिन्छ। युवाहरु सधैं भोलिका लागि भनी भविश्यका हिस्सेदार बनाइने गरेका छन् तर युवाहरु आजकै हिस्सेदार हुन् भन्ने व्याख्या आवश्यक र अपरिहार्य छ।

युवाका लागि गुणस्तरीय, व्यावसायिक र रोजगारीमूलक शिक्षा, उद्यमशीलता, सिप विकास र रोजगारी सिर्जना, स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितता, परिचालन, सहभागिता र नेतृत्व विकास अपरिहार्य छ। राजनीतिक नेतृत्वको भ्रष्टीकरण, इच्छाशक्ति र भिजनविहीनताले गर्दा देश आज यो अवस्थामा आइपुगेको हो। यति ठूलो संख्यामा रहेका युवाको प्रतिनिधित्व राजनीतिक पार्टीदेखि राज्यका अंगहरुसम्म ज्यादै दयनीय छ। राज्य र पार्टीका हरेक निकायमा जनसंख्याका आधारमा युवाको प्रतिनिधित्व गर्ने सुस्पष्ट विधि सुनिश्चित नभएसम्म देशले यो दुर्गति भोगी नै रहनुपर्नेछ। युवाहरुलाई भोलिको कर्णाधारका रूपमा गलत ढंगले परिभाषित गरेको देखिन्छ। युवाहरु सधैं भोलिका लागि भनी भविश्यका हिस्सेदार बनाइने गरेका छन् तर युवाहरु आजकै हिस्सेदार हुन् भन्ने ब्याख्या आवश्यक र अपरिहार्य छ। जबसम्म राजनीतिक दलहरु, सरकारी नीति निर्माण तहका व्यक्तित्वहरु, सार्वजानिक तथा निजी क्षेत्रसमेतमा यो गतल बुझाईमा सही व्याख्याको बोध हुँदैन तबसम्म युवाहरुको जनसंख्याका आधारमा प्रतिनिधित्व निकै चुनौतीपूर्ण बन्छ।

नेपालमा युवा हिस्सेदारीका सन्दर्भमा देखिएका समस्या र चुनौती : 

• परम्परागत राजनीतिक दल र नेतृत्वमा युवाहरुलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा निकै ठूलो परम्परावादी जड सोच र परिभाषा छ। युवाहरुलाई प्रयोग गर्ने र त्यसको काँधमा टेकेर आफ्नो अभीष्ट पूरा गर्ने अनि बीचैमा अलपत्र छाडिदिने परिपाटी छ। विद्यमान राजनीतिक पार्टीका कुनै पनि संरचना (युवा संगठनबाहेक) मा युवाको प्रतिनिधित्व जनसंख्याका आधारमा हुन सकेको छैन। राजनीतिक दल र सोका प्रमुख नेताहरुबाट कुनै पनि संघ/संस्थाका कार्यकारी स्थानमा युवा सिफारिश गर्ने गरिँदैन। कारण– उनीहरु युवालाई सधैँ अपरिपक्व, अदक्ष र कमजोर देख्छन्। यो उल्टो सोचलाई सुल्टो बनाई राजनीतिक पार्टीका उच्चदेखि तल्लो तहसम्म जनसंख्याका आधारमा प्रतिनिधित्व गराउनु आजको मूल चुनौती हो। यतिमात्र होइन, परम्परागत राजनीतिक पार्टीहरुमा युवा नीति नै छैन। नीति नै नभएपछि युवाहरुलाई विकास गर्ने कार्यक्रम हुने कुरा नै आउँदैन, यदि आइहाले पनि नीतिबिनाको कार्यक्रमको कुनै गन्तव्य नै हुँदैन।

• सरकारी निकाय तथा नीति निर्माण गर्ने तहमा युवाका सन्दर्भमा गम्भीर समस्या छन्। खासगरी युवालाई राज्यका हरेक तहमा प्रतिनिधित्व गराउने सन्दर्भमा सरकारी नीति निर्माण तहका व्यक्तिहरुको सोचमा जति समस्या छ त्यति नै विद्यमान नीति नियमले पनि अप्ठ्यारो सिर्जना गरेका छन्। सरकारी संघ/संस्था, सार्वजनिक संस्थानहरुमा युवाहरुको जनसंख्याका आधारमा प्रतिनिधित्व गर्नुपर्नेमा नगन्य मात्रामा यदाकदा मात्र प्रतिनिधित्व भएको देखिन्छ। यसलाई बदलेर जनसंख्याका आधारमा प्रतिनिधित्व गराउनु अर्को महत्वपूर्ण चुनौती हो।

• नेपालमा युवालाई गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक शिक्षाको अभाव छ। एकातिर विद्यमान शिक्षा नीतिले देशमा शैक्षिक बेरोजगार उत्पादन गरिरहेको छ भने अर्कोतर्फ आधारभूत शिक्षासमेतको अभावका कारण पनि युवाहरु अशिक्षित भइरहेका छन्। नेपाली युवाहरु स्वदेशका लागि होइन, विदेशमा काम गर्नका लागि उत्प्ाादन भइरहेका छन्। शिक्षाको अभावबाट नयाँ युवा पिँढीलाई वञ्चित हुन नदिने एउटा चुनौती छ भने गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक शिक्षा प्रदान गरी शैक्षिक र अशिक्षित बेरोजगारीलाई पूर्णरूपमा अन्त्य गर्नु अर्को महत्वपूर्ण चुनौती छ।

 

• नेपाली युवाहरुमा व्यावसायिक सिपको अभाव देखिन्छ। राज्यले बेरोजगार युवाहरुलाई विभिन्न सिपमूलक तालिमहरु प्रदान गर्न सकिरहेको छैन। युवाहरुलाई सिपमूलक तालिमहरु प्रदान गरी श्रममा लगाउन सक्दा स्वदेशमा होस् वा विदेशमै गएर पनि नेपाली युवाले आफ्नो आर्थिक आम्दानीमा उच्चरूपमा वृद्धि गर्न सक्छन् तर दुर्भाग्य विद्यमान सरकारी कार्यक्रमहरु प्रभावकारी नहुँदा र भएका पनि कार्यान्वयनमा जाने सन्दर्भमा कमजोर भइरहेको हुँदा युवाहरुको वृत्ति विकास हुन सकिरहेको छैन।

• नेपाली युवाहरुमा देखिएको सूचना प्रविधिमा पहुँचको अभावका कारण पनि उनीहरु पछि परिरहेका छन्। यसलाई अन्त्य गर्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन हुन सकिरहेका छैनन्।

• बेरोजगारी, अर्धबेरोजगारी र युवा पलायन नेपालको आजको दिनको सबैभन्दा ठूलो समस्या हो। बेरोजगारीलाई पूर्णरूपमा अन्त्य गर्नका लागि सरकार र राजनीतिक दलहरुको साझा अवधारणा आउनु अपरिहार्य छ, दुर्भाग्य यसो हुन सकिरहेको छैन। दिनहँु कानुनी तथा गैरकानुनीरूपमा डरलाग्दो गरी भइरहेको युवा पलायन नेपालको भविश्यकै लागि कहालीलाग्दो अनिष्टको संकेत हो। यसलाई अन्त्य गर्ने स्पष्ट नीति राज्यमा बन्न सकिरहको छैन न त राजनीतिक तहबाट नै यसबारे कुनै स्पष्ट दृष्टिकोण बाहिर आएको छ।

• नेपाली युवाहरुको कमजोर स्वास्थ्य स्थिति, आवश्यक पोषणको अभाव र आन्तरिक तथा बाह्य वातावरणका कारण मनोबलमा देखिएको कमजोरी पनि अर्को समस्या छ।

• नेपालमा युवामैत्री लगानी र उद्यमशील वातावरण अभाव छ। निजी उद्योगी/व्यवसायीसँगको लगानी समन्वय, युवाहरुलाई लगानीमा प्राथमिकरूपमा सहुलियतपूर्ण ऋण व्यवस्था अझै पनि हुन सकिरहेको छैन। प्रचारात्मकरूपमा युवा लक्षित कतिपय कार्यक्रम सञ्चालन गर्न खोजिए पनि ती देखावटी जस्तामात्र भएका छन्। स्पष्ट कार्यक्रमहरु आउन सकिरहेका छैनन्।

• युवाहरुलाई दिने स्वरोजगार कार्यक्रममा पनि प्रभावकारिता देखिन सकेको छैन। हाल सञ्चालनमा रहेको स्वरोजगार कार्यक्रम पनि राजनीतिक आडमा निकै कमजोररूपमा अघि बढिरहेको छ। यसलाई पारदर्शी बनाउने तथा रकम सीमामा धेरै परिवर्तन गर्नु अपरिहार्य छ।

• नेपाली युवाहरु लामो समयदेखि लैंगिक, क्षेत्रीय तथा जातीय असमानताको शिकार बनिरहेका छन्। संविधानतः यी विभेद र असमानता हल भएको भए पनि यसको कार्यान्वयको पक्ष अपेक्षाकृत अघि बढ्न सकिरहेको छैन। यसको निराकरण गरी विशेषाधिकारसहितको सहभागिता विकास गर्नु पनि चुनौतीपूर्ण छ।

त्यसैले,

राज्यका हरेक तहमा युवा प्रतिनिधित्व, युवाहरुको नेतृत्व विकास तथा दक्षता अभिवृद्धि, युवाहरुलाई राज्यको मूल प्रवाहमा ल्याउने, समग्र क्षेत्रका नीतिहरुलाई युवामैत्री बनाउनेलगायतका कार्य गर्नका लागि अधिकार सम्पन्न 'राष्ट्रिय युवा विकास प्राधिकरण'बनाइनुपर्छ। साथै, हरेक राजनीतिक पार्टीले युवासम्बन्धी आफ्नो स्पष्ट नीति बनाउनुपर्छ। जसले राज्यका विभिन्न निकायबाट युवाका लागि सञ्चालन गरिने कार्यक्रमलाई समन्वय गर्न र पार्टीभित्र पनि युवा नेतृत्व निर्माण गर्न मद्दत पुग्नेछ।

र अन्त्यमा,

• अब युवाहरुले राजनीतिक अधिकारका नाममा बन्द हड्ताल, चक्का जाम, तोडफोड र सर्वसाधारणलाई दुःख दिने, विरोधीलाई ठेगान लगाउने नाममा डनगिरी र गुण्डागर्दी गर्ने, सम्पन्न बन्ने सपनामा टेन्डर कब्जा गर्ने, जबर्जस्ती चन्दा उठाउने, लागुऔषध ओसारपसार गर्ने, कानुनले वर्जित गरेका काम गर्ने आदि गर्नुहुँदैन।

• युवा वर्गमा राजनीतिप्रति चरम वितृष्णा बढिरहेको छ। राजनीति नै राष्ट्र सञ्चालनको मूल नीति हो। मूल धमिलो भएपछि खोलामा सङ्लो पानी खोजेर पाइँदैन। युवाहरुले यो सच्चाईलाई स्वीकार गरेर राजनीतिमा सक्रिय हुनुपर्छ। राजनीतिलाई पेशा, व्यवसाय बनाउने गलत संस्कृतिलाई विस्थापन गरी राजनीति भनेको सेवा हो भन्ने संस्कृति स्थापित गर्नुपर्छ।

• पुस्तान्तरणको अन्तरविरोध समाधान गर्न युवाहरु बढी जिम्मेवार हुनुपर्छ। पुरानो पुस्तालाई पशुपतिको पाटीमा पुर्‍याएर नयाँ पुस्ता नेतृत्वमा आउने काम गर्नुहुँदैन। पुरानो पुस्ताको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सुरक्षाको व्यवस्थापन मूलतः युवाहरुले नै गर्नुपर्छ। अन्यथा, भोलिको पुस्ताले यस पुस्ताको विरुद्ध पनि 'डोको नफाली सुरक्षित राख्नेछ'। अब युवाहरुले सोंच्नुपर्छ– युवा भनेको समस्या होइन, समाधान हो।        








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad