७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतसँगको सम्बन्धमा कटौती

इस्लामाबाद – जम्मु कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीचको तनाव झनै गहिरिएको छ। पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्चायुक्तलाई निकाला गर्ने र भारतसँगको व्यापार स्थगन गर्ने जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘भारतको क्रुर जातीय शासनको भण्डाफोर गर्न र मानव अधिकारको उल्लंघन भएकोबारे सबै कूटनीतिक सञ्जाललाई सक्रिय भएर लाग्न निर्देशन दिएका छन्’ पाकिस्तानी सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले देशको सुरक्षा फौजलाई चनाखो बन्न पनि निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ। यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मु कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध सबै खाले उपायसहित लड्ने बताएका थिए। उनले उक्त विषयलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मासमेत प्रतिवाद गर्ने बताएका थिए।

कश्मीरलाई दिइँदै आएको विशेषाधिकार खारेज गर्ने बारेको भारतीय निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तानी प्रधानमन्त्री खानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। पाकिस्तानसहित छिमेकी चीनले पनि भारतको कदमलाई ‘अस्वीकार्य’ भन्दै विरोध गरेको छ। यद्यपि भारतले भने यो नितान्त आफ्नो देशको विषय भएको भन्दै यसमा अनावश्यक हस्तक्षेप नगर्न चीनलाई भनेको छ।

प्रकाशित: २३ श्रावण २०७६ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App